काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उपाध्यक्षसहित केन्द्रीय पदाधिकारी नियुक्त गरेको छ । बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपालले ६ उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्रीहरू मनोनयन गरेको हो । जसअनुसार उपाध्यक्षमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौँ), जयकुमार खड्का (काठमाडौँ), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) छन् । त्यसैगरी, […]
काठमाडौ, नेपाली कांँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्। सत्तारुढ प्रमुख घटक कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्। उनले स्थानीय आवश्यक्ता लाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांँसदलाई निकाल्ने कसैको तागत नभएको दाबी गरेका छन्। भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले नेकपा एमालेले १४ जना सांँसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेको विषयलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘१४ […]
काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै मनोनित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका छन् । मनोनित हुनेमा लिलादेवी श्रेष्ठ इलाम, विन्दू पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही […]
काठमाडौं, एमसीसी पास गर्न अध्यक्ष पुस्पकमल दाहालले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेरे चन्दले भेटवार्ता गरेका हुन्। भेटमा संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रियताको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि बस्दै छ। बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावी कार्ययोजना र विविध विषयमा छलफल हुने उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय […]
काठमाडौँ – नेपाली कांँग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ। बैठकले कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेको छ। म्याद सकिएका भातृ […]
काठमाडौ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो। आजको बैठकमा हुने कार्यक्रमको […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्। मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका दाहाल र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषय भने थाहा हुन सकेको छैन। तर, एमसीसीको विषयमा दुई नेताबीच विवाद बढेको सार्वजनिक भइसकेको विषय […]
काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ। मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको बताएको हो। एमालेले एमसीसीलाई विवादित बनाउनेक कार्य गरेको आरोप […]