काठमाडौं । आज बस्ने मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ । उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ । प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको तर्फबाट बहस जारी रहनेछ । आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् । बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले […]
काठमाडौँ । तीनै तहको निर्वाचनमा २०७४ मा भन्दा कमजोर परिणाम ल्याए पनि माओवादीले यतिबेला संघ, दुई प्रदेश र १ सय २६ स्थानीय सरकार (पालिका) को नेतृत्व गरेको छ । संघ र प्रदेश सरकार निर्माणमा उसको हैसियत निर्णायक छ । अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, वाग्मतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री छन् । कोशी प्रदेशमा मंगलबार सरकारबाट बाहिरिएर […]
काठमाडौं । नेपाल समाजवादी पार्टी ९नेसपा०को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो । आज र भोलि (जेठ २५ र २६ गते)- २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका […]
काठमाडौं । नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता […]
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ। पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए। यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो। यसअघि […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्। आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार राष्ट्रिय सभामा सम्बोधन गरेका प्रचण्डले विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनर्स्थापित भएको भन्दै नागरिकता ऐन पनि अदालतले नरोक्ने विश्वास व्यक्त गरेका हुन्। ‘अदालतले पनि […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्याएको आफूलाई लागेको बताए । ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो […]
काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएको थियो । गत जेठ १७ देखि प्रधानमन्त्री […]