Sajhamanch Archive

एमसीसी स्वीकार गर्ने माओवादी निर्णयमा नारायणकाजी, महरा, गुरुङ र पोखरेलको असहमति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी स्वीकार गर्ने माओवादी निर्णयमा नारायणकाजी, महरा, गुरुङ र पोखरेलको असहमति.

काठमाडौ, नेकपा माओवादी केन्द्रमा एमसीसी परियोजना स्वीकार गर्ने विषयमा पाँच नेताले असहमति राखेका छन्। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी परियोजनालाई स्वीकार गर्ने अध्यक्ष पुस्पकमल दाहालको प्रस्तावमा असहमति जनाएका छन्। उनीहरुबीच अहिले छुट्टै छलफल भइरहेको एक नेताले बताए। आइतबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले एमसीसीमा […]

एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै.

काठमाडौं, सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ। त्यसअघि एमसीसीमा साझा धारणा बनाउन सत्ता गठबन्धन छलफलमा जुट्ने भएका हुन्। आजको संसद् बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची रहेको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्न लागेको […]

प्रधानमन्त्री देउवाले बोलाए कांँग्रेस शीर्ष नेताको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले बोलाए कांँग्रेस शीर्ष नेताको बैठक.

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोाइएको बालुवाछार स्रोतले जनाएको छ। बैठक बिहान ९ बजेबजेपछि सुरु हुनेछ। बैठकमा एमीसीका विषयमा गए राति बनेको सहमतिलाई अन्तिम रूप दिनेबारे छलफल हुने स्रोतको भनाइ छ। एमसीसीका विषयमा सहमति जुटाउन भन्दै अन्य दलका नेताहरुसँग विभिन्न चरणको छलफलमा जुटेका महामन्त्री गगन […]

एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत, औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत, औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने.

काठमाडौ, अन्ततः सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका छन्। तर, त्यसको औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने भएका छन्। संसदमा टेबल एमसीसीमा छलफल थाल्न अर्थात् अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि गत बिहीबार […]

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक.

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सापकाटाले आइतबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। आइतबार दिउँसो १ बजेका आह्वान गरिएको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। बैठकले […]

एमसीसीबारे निर्णय लिन माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे निर्णय लिन माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक.

काठमाडौं, एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्ने तय भएको छ। बैठकमा एमसीसीबारे छलफल बताइएको छ। यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीको बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ। माओवादी […]

काँग्रेस र एमालेको बालकोटको आजको छलफलबाट पनि निस्किएन निस्कर्ष

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेस र एमालेको बालकोटको आजको छलफलबाट पनि निस्किएन निस्कर्ष.

काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचको छलफल सकिएको छ। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्दै बैठक सकिएको हो। लामो समय छलफल भए पनि निष्कर्षमा […]

नेपाल निजामती कर्मचारी संगठनको ११औं झापा जिल्ला अधिवेशन सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on नेपाल निजामती कर्मचारी संगठनको ११औं झापा जिल्ला अधिवेशन सम्पन्न.

भद्रपुर । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन झापाको ११औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । भद्रपुर १० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीमा संगठनका ११औं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटाले अधिवेशनको उद्घाटन गरेका हुन् । समारोहमा प्रदेश १ का प्रदेशसभा सदस्य बसन्त बानियाँ, संविधानसभा सदस्य एवम् नेकपा एमाले […]

प्रधानमन्त्री देउवा कांँग्रेस टोली लिएर लागे ओली निवास बालकोटतिर

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा कांँग्रेस टोली लिएर लागे ओली निवास बालकोटतिर.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि प्रतिनिधि सभामा जारी प्रमुख प्रतिपक्षी एमालेको अवरोध खुलाउन फेरि एमाले अध्यक्ष केपी ओलीको निवास प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्। गतभदौ २३ गतेदेखि प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको […]

माओबादी अध्यक्षलाई बाबुरामले भने, कि त एमसिसी पारित गर्न साथ दिनुहोस्, सकिँदैन भने सरकार छोड्नुहोस्

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्षलाई बाबुरामले भने, कि त एमसिसी पारित गर्न साथ दिनुहोस्, सकिँदैन भने सरकार छोड्नुहोस्.

काठमाडौ, सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । […]