Sajhamanch Archive

ओली फेरि सत्तामा आए देश सिध्याउँछन् : अध्यक्ष नेपाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओली फेरि सत्तामा आए देश सिध्याउँछन् : अध्यक्ष नेपाल.

काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले […]

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : उपाध्यक्ष थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on १४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : उपाध्यक्ष थापा.

सुर्खेत, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणका सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ […]

माधव नेपालको पार्टीको नाम झारपात हुनुपर्ने हो : गोकुल बाँस्कोटा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माधव नेपालको पार्टीको नाम झारपात हुनुपर्ने हो : गोकुल बाँस्कोटा.

हेटौंडा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालको पार्टीको नाम झारपात पार्टी हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । शनिबार हेटौँडामा आयोजित नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्ने क्रममा नेता बाँस्कोटाले नेपालको पार्टी नेकपा एकीकृत समाजवादीतिर इंगित गर्दै नयाँ पार्टीको नाम झारपात हुनुपर्ने बताए । एक रहेको पार्टी फुटाएर […]

एमसीसीकै कारण प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको छ : अध्यक्ष दाहाल

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीकै कारण प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको छ : अध्यक्ष दाहाल.

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले प्रतिगनकारी भनेको र भण्डाफोर गरेको शक्ति नै पुनः हाबी हुने सम्भावना दर्शाएका छन्। नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले कसैको नाम त लिएनन् तर एमाले र कांग्रेसबीच बन्न आँटेको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे। हामीले गठबन्धन बनाउँदा भनेका थियौँ, यो संविधान, लोकतन्त्र र […]

चीनको इसारामा कम्युनिस्ट नेताहरु एमसीसीको विपक्षमा उभिए : नेता पौडेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चीनको इसारामा कम्युनिस्ट नेताहरु एमसीसीको विपक्षमा उभिए : नेता पौडेल.

तनहुँ, नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले चीनको इसारामा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिएको आरोप लगाएका छन्। उनले यसअघि नेपालका कम्युनिस्ट नेताहरु एमसीसीको पक्षमा रहेको भए पनि पछिल्लो समय चीनको इसारामा विपक्षमा उभिएको आरोप लगाएका हुन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उनले एमसीसी नेपालको हितमा […]

एमसीसीमा नेकपा एमाले देश र जनताको हितभन्दा पर जाँदैन : अध्यक्ष ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीमा नेकपा एमाले देश र जनताको हितभन्दा पर जाँदैन : अध्यक्ष ओली.

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीको सन्दर्भमा नेकपा एमाले देश र जनताको हितभन्दा पर नजाने बताएका छन्। शनिबार एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोबन गर्दै उनले एमाले हल्लाबाट निर्देशित नहुने बताए। आफूहरु तथ्यबाट निर्देशित हुने उनको भनाइ थियो। उनले एमसीसीलाई सट्याकसुटुक नभएर जनतालाई बताएर कार्यान्वयन गर्ने उद्देश्यले प्रतिनिधिसभाबाट अनुमोदन गर्न खोजेको बताए। ओली […]

वामदेवले खुमलटार पुगेर भेटे माओबादी अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on वामदेवले खुमलटार पुगेर भेटे माओबादी अध्यक्ष दाहाल.

काठमाडौं, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । राष्ट्रिय राजनीतिमा देखिएका संकटका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वीकय सचिव रमेश मल्लले जानकारी दिए । अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदमा अनुमोदन गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका नेताबीच भेटघाट तीव्र बनेको छ […]

अर्थतन्त्रमा संकट नपार्न एमसीसी स्वीकार गर्नु पर्छ : उपाध्यक्ष पाण्डे

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अर्थतन्त्रमा संकट नपार्न एमसीसी स्वीकार गर्नु पर्छ : उपाध्यक्ष पाण्डे.

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्। एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा […]

ओली निवास बालकोटमा कांँग्रेस र एमालेका शीर्ष नेताबीच बार्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओली निवास बालकोटमा कांँग्रेस र एमालेका शीर्ष नेताबीच बार्ता.

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच दुवै दलका अन्य शीर्ष नेताहरुसहित निर्णायक वार्ता अघि बढेको हो। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्ताबाट निष्कर्ष ननिस्किएपछि देउवा प्रमुख प्रतिपक्षीसँग वार्ताका लागि बालकोट पुगेका हुन्। […]

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन्। बालुवाटारमा देउवालाई भेट्न अघि दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। सिंहदरबारमा नेपालसँग छलफल गरेपछि दाहालदेउवालाई भेट्न बालुवाटार पुगेका हुन्।