Sajhamanch Archive

सुरु भयो बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुरु भयो बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक.

काठमाडौं, बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै छलफल सुरु भएको हो। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक भर्खरै सुरु भएको हो। ‘सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ’, किरणले भने, ‘बिहान स्थगित भएको बैठक नै अहिले फेरि […]

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक.

काठमाडौ, सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,न्यौपानेले भने, दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था बैठक राख्नु […]

एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै.

काठमाडौ, नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ । समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ गठबन्धनलाई दवाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने विषयमा बैठकमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए […]

सत्तागठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्तागठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु.

काठमाडौं,  पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्ध्नले […]

निर्वाचनको विषयमा छलफल गर्न शनिबार गठबन्धनको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचनको विषयमा छलफल गर्न शनिबार गठबन्धनको बैठक.

काठमाडौं, शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार गठबन्धन बैठक तय गरेको हो। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शीर्षनेताको बैठकले शनिबारका लागि गठबन्धनको बैठक तय गरेको हो। ‘शनिबार […]

कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति.

काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको हो। कार्यसमिति सदस्यको नाम भर्चुअल बैठकले अनुमोदन गरेको छ। कार्यसम्पादन समिति सदस्यमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश […]

अफताव आलमको मुद्दा कार्की र शर्माको इजलासमा सुनुवाइ हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अफताव आलमको मुद्दा कार्की र शर्माको इजलासमा सुनुवाइ हुँदै.

काठमाडौं– नेपाली कांँग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दाको आज सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिएको हो। बिष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतको मुद्दामा थुनामा रहेका आलमको मुद्दाको पटकपकट यसअघि पेशी तोकिदै आए पनि सुनुवाइ स्थगित हुँदै आएको छ। रौतहटमा २०६४ को संविधानसभा निर्वाचनको एक दिनअघि इट्टा […]

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल.

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो। बैठकमा हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन तथा यसै वर्ष हुनुपर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचनबारे छलफल भएको थियो। निर्वाचन […]

राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने.

काठमाडौं– राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता.

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले जानकारी दिए। उनले भने, ‘उहाँहरुबीच करिब एक घण्टा छलफल भएको छ। प्रधानमन्त्रीज्यूले राष्ट्रपतिज्यूसमक्ष सरकारका नियमित कामकारबाही बारे जानकारी […]