काठमाडौं- प्रधानमन्त्री एवं कांँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। शुक्रबारका लागि बोलाइएको बैठक भौतिक उपस्थितिमा भने हुने छैन। कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा बोलाइएको हो। बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने छ भने बुधबार सम्मपन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ। स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको […]
पशुपतिनगर । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ४ पहिरोमा बिहिबार बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट सामान लिएर इलाम आउदै गरेको प्रदेश १–१००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापा मेचीनगर ४ का ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको हो । […]
जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए । यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ […]
पोखरा, राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांँग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।
जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्। सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपाकुमारी यादवले २ हजार ७५४ मतभार मात्रै ल्याउन सकिन्। महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र […]
विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर, गोला प्रथा […]
सुर्खेत, राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् । निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार […]
हेटौंडा, बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन्। तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ […]
विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार बराल र नेपाली कांँग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ […]