Sajhamanch Archive

शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन प्रधानमन्त्री दाहाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन प्रधानमन्त्री दाहाल.

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी […]

सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की.

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताएका छन्। नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतराद्वा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए। सरकारको गठन भएको ५२ […]

पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति.

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार न्यायाधीश उत्तम सिलुवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज […]

टोपबहादुर रायमाझी निलम्बित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on टोपबहादुर रायमाझी निलम्बित.

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी […]

सर्वोच्चद्वारा ढाकाको सांसद पद यथावत राख्न आदेश,आयोगले दियो कंसाकारलाई सांसदको प्रमाणपत्र

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सर्वोच्चद्वारा ढाकाको सांसद पद यथावत राख्न आदेश,आयोगले दियो कंसाकारलाई सांसदको प्रमाणपत्र.

काठमाडौँ । सर्वोच्च अदालतले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको पद यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्कोतिर निर्वाचन आयोगले भने राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा विन्दाबासिनी कंसाकारलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ। रास्वपाले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिएको […]

अमरेश कुमारले संसदमा नै लुगा खोले, सभामुखको चेतावनी नियमावली अनुसारकै हो ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अमरेश कुमारले संसदमा नै लुगा खोले, सभामुखको चेतावनी नियमावली अनुसारकै हो ?.

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताएका थिए । बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेश कुमार सिंह र प्रेम सुवालले हात उठाइरहेका थिए । तर‚ सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय नदिएपछि पनि उनीहरू उठेर लगातार विरोध […]

राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलसँग परामर्श

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलसँग परामर्श.

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयकलगायत विषयमा कानुनी परामर्श थालेका छन्। पूर्वराष्ट्रपति भण्डारीले यसअघि संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। त्यसै विषयमा राष्ट्रपति पौडेलले आइतबार सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता दिनमणि पोखरेलसहितसँग कानुनी परामर्श गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकता विधेयकमा नभएर समग्र कानुनी […]

देउवालाई दबाव दिन कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक काठमाडौंमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on देउवालाई दबाव दिन कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक काठमाडौंमा.

विराटनगर । कोशी प्रदेशको सरकार परिवर्तनका लागि पार्टी नेतृत्वलाई दबाव दिन नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ । आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा संसदीय दलको अनौपचारिक बैठक बसेको हो । तर दलका नेताहरुले बैठक नभई सामान्य छलफल मात्रै भएको दाबी गरेका छन् । गोप्य भनिएको छलफलमा सहभागी हुन कोशी प्रदेशका कांग्रेस […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी.

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखे। नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर […]

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै.

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद […]