काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ । आज आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
विराटनगर । तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध […]
झापा । कोशी प्रदेश नामकरणको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रबार झापाको कमल गाउँपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका कार्यालय तथा केही वडाहरुमा तालाबन्दी गरेका छन् । प्रदेश १ को पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् । विभिन्न ठाउँबाट सहभागी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण […]
काठमाडौँ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ […]
काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् । ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता […]
विराटनगर । कोशी प्रदेश सरकारको २५औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाइएको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापामा रिक्त रहेको निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा काम गर्न प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले […]
बिर्तामोड । हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचननमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेवि संघबाट झापाका क्याम्पसहरुमा विजयी बनेका विद्यार्थीहरुलाई पार्टी जिल्ला समितिले बधाई ज्ञापनसहित शुभकामना ब्यक्त गरेको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा स्ववियुमा नेवि सङ्घबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष एवं सदस्यहरुलाई कार्यसफलताको शुभकामना तथा बधाई ज्ञापन गरिएको हो । नेपाली काङ्ग्रेस […]
बुद्धाशान्ति । नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिले केन्द्रीय कमिटीले सुरु गरेको मिसन ग्रासरुट अभियान बुधवारेको शितला मन्दिरको सभाहल मा चैत १३ गते सञ्चालन गरेको छ। जसको अध्यक्षता गाउँकमिटि अध्यक्ष नेत्र रिजालको प्रमुख सहजकर्तामा केन्द्रीय सदस्य देबेन्द्र दाहाल , अर्का सहजकर्तामा मन्जु भण्डारी र नेकपा एमाले जिल्ला उपाध्यक्ष प्रमे गिरीको पनि उपस्थिति रहेको थियो । भबिष्यमा नेकपा […]
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरीको सरकार ढल्ने अवस्थामा पुगेको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक […]