Sajhamanch Archive

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ७ मा सुरु

Published: in राजनीति by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ७ मा सुरु.

गौरादह । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आइतवार नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ७ वडा कमिटीले अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु गरेको छ। संविधानसभा सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता तथा वडा अभियान्ता एवम् नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य गणेश […]

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम.

काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज […]

अभिमुखीकरण कार्यक्रम आरम्भः अभियान वडा र टोलमा

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on अभिमुखीकरण कार्यक्रम आरम्भः अभियान वडा र टोलमा.

गौरीगञ्ज । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकामा बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिएका केन्द्रीय सदस्य युवराज बाँस्कोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममार्फत मिसनलाई टोलटोल र तिनका घरद्वारसम्म लगिने योजना अघि सारिएको हो । चालू दुई महिने अभियानमा निर्धारित जिम्मेवारीसहित अभियन्ताको रूपमा […]

उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष.

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै १० दलीय सत्ता गठबन्धनबाट तीन जनाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । […]

चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित

Published: in राजनीति, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित.

काठमाडौँ । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग (सीएमसी)को अध्यक्षमा चयन गरेको हो । चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । […]

उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन.

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगको आज शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो । राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि फरक लिंग र समुदायको उम्मेदवार बनाउन निर्देशन दिएको आयोगले जनाएको छ। संविधानको […]

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश.

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो । ‘संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय […]

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु.

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा कमिटीको बिस्तारित बैठक मार्फत् अभियानको सुरुवात गरिएको हो । नगरपालिकाको भूगोलमा बसोबास गरी जिल्ला कमिटीको जिम्मेवारीमा रहेका डिसिएमहरुलाई वडास्तरमा पार्टी […]

जसपाले राम सहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on जसपाले राम सहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने.

काठमाडौँ । जनता समाजवादी पार्टीले राम सहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको आज बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिएका छन् । पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित.

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा आज भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय […]