काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद […]
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिए लगत्तै […]
काठमाडौँ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएकाले प्रचार प्रसार स्थगन गर्न निर्वाचन आयोगले भनेको छ । आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाउने जनाउँदै आज विज्ञप्ती जारी गरेको हो । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा नेकपा एमाले नगर कमिटीको आयोजनामा ग्रास रुट अभियान अन्तर्गत एक दिवशीय अभिमुखीकरण कार्यक्रम गरिएको छ। अभिमुखी कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष मेगाहाङ्ग थोप्राले पार्टीको भातृ संगठन र तल्लो स्तरका कार्यकर्ताहरुसँग माथिल्लो तहका नेता तथा कार्यकताहरुलाई जोडी संगठन चुस्त र दर्विलो संगठनका लागि विकास गर्न ग्रास रुढको अभियान सञ्चालन गरेको […]
बिर्तामोड । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको सार्थक कार्यान्वयन गर्दै आज बिर्तामोड नगरपालिका वडा नं. ३ कमिटीले अखिल नेपाल महिला संघ ३ नं वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा […]
भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् । एकवर्ष भित्र सम्पन्न गरिएका स्थानीय तह चुनाव र प्रतिनिधि सभा प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको यथेष्ट प्रमाणका […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर […]
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद र अन्य संघ संस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको […]
गौरादह । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियान अन्तर्गत गौरादह नगर कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ । नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तर्जुमा बैठकमा केन्द्रीय अभियन्ता युवराज बाँस्कोटाले मिसनले समेट्नु पर्ने मूलभूत राजनीतिक–वैचारिक […]
काठमाडौं । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । एकीकृत समाजवादीका […]