विराटनगर । हालसम्म प्रदेश नं. १ भनिँदै आएको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वको भूगोलको नाम अब कोशी हुने भएको छ । प्रदेशको नाम कोशी राखियोस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो । अब कोशी प्रदेशको विषयमा प्रदेशसभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य रामकुमार राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्तावलाई […]
विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभा बैठक जारी रहेको छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ । […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको हो । प्रदेशको नाम कोशी राख्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि […]
दमक । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा विस्तारको यो अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो । एमाले दमक नगर कमिटीको बैठकले कार्ययोजना पारित गरेसँगै काम अघि बढेको हो । पार्टीका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, […]
काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ । संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । आचारसंहिता […]
काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् । ‘बिहानसम्म जाने भनेर तयारी गरेकी थिएँ, साँझ अचानक प्रधानमन्त्रीले खबर पठाएपछि म गइनँ’ उनले भनिन् । यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका […]
काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । साथसाथै, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रतिनिधिसभामा १४ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्री प्रचण्ड गणितीय रुपमा अल्पमतमा त परेका छैनन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा २६८ सांसदको मत पाएका थिए […]
काठमाडौ। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् । आज (शनिबार) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू सबै हिसावले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे । […]
विराटनगर । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि आइतबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले भोलि पदबाट राजीनामा दिने जानकारी दिए। विष्टले भने, ‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ। तर अब रहन्नौँ। हाम्रो मन्त्री ज्यूले भोलि राजीनामा […]