काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र […]
झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ। पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी व्यवसायीहरु आक्रान्त बनेको र […]
काठमाडौँ । नेकपा एमालेबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङले संविधानको संरक्षक भएर काम गर्ने बताएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अहिले जनताका छोराछोरी राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको समेत बताए । पहिले कुनै निश्चित कुल घरानाका निश्चित व्यक्ति मात्र शासक […]
काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन […]
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई आज शनिबारको सचिवालय ब७कले पार्टीबाट निष्कासनको निर्णय गरेको छ । आज बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । पहिले कांग्रेस पृष्ठभूमिका प्रसाई सशस्त्र द्वन्द्वकालमा माओवादी थिए । एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा पार्टी […]
काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ । यसैबीच, नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनमा एमालेले कांग्रेस बाहेक […]
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन १३ […]
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पुष १० को सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई सघाउनु पर्नेमा सो विपरित काँग्रेस उम्मेद्वारलाई सघाउने निर्णय गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका नेताहरुले जनाएका छन् । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु भएको हो। प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेको जनाइएको […]
झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा बैठक सम्पन्न भएको हो । पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको […]