Sajhamanch Archive

रविविरुद्धको रिट पहिलोपटक संवैधानिक इजलासमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रविविरुद्धको रिट पहिलोपटक संवैधानिक इजलासमा.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ। लामिछानेको सांसद पदको योग्यतासम्बन्धमा युवराज पौडेल सफलले रिट दायर गरेका थिए। उक्त रिटमा लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको छ । यो रिट पहिलोपटक संवैधानिक इजलासमा परेको हो। रिट […]

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान.

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् । श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उदघाटन […]

दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी

Published: in खेलकुद, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी.

झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरु र १४ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिएका छन् । कोशी प्रदेश कमिटीका […]

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा.

मोरङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध विराटनगर उच्च अदालतमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले आज उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् । मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उच्च […]

भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरदेखि बिर्तामोड जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्षित गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा […]

पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य : एमाले सचेतक

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य : एमाले सचेतक.

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफ्नो पार्टी नेतृत्वको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप लगाएका छन् । उनले पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक रहेको पनि उनको दाबी छ । संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही […]

कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक.

विराटनगर । कोशीका प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रदेश प्रमुखले १४ असारको दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेपछि सोमबार दिउँसो काठमाडौं बालुवाटारस्थित एक होटलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन् । तीन दलका नेताहरुले विराटनगरमै रहेका नेकपा एकीकृत समाजवादीका […]

यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् । ‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने […]

झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट.

झापा । संविधानको प्रावधान अनुसार असार १० गते देशका सबैजसो पालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही अनुसार झापाका पालिकाहरु पनि आइतबार पालिका सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएका छन् । पालिका प्रमुखहरुले प्रस्तुत गरेको उक्त कार्यक्रमहरुमा समावेश गरिएका केही विशेष कार्यक्रमहरु यस्ता छन् । बिर्तामोडः […]

अब अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on अब अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण.

काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने। कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, […]