Sajhamanch Archive

कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ.

विराटनगर । नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार […]

माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ

Published: in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् । आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् । शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर […]

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत.

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत […]

कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली.

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले भने, ‘अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि […]

चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने.

चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् । विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी […]

सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण.

काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बिहीबार विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएकोप्रति खेद ब्यक्त गरेको हो । ‘संविधान र […]

ओली भन्छन् : ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओली भन्छन् : ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए । धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि […]

इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध.

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश.

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए । अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए । बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेश गरेका […]

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् । नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म पुर्याउन सम्पर्क सांसद तोकिएको छ। आम आवाजलाई नीतिमा समेट्न, […]