मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग भेटघाटमा हालसम्म बिना विभागीय रहेका सबै मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी दिएका हुन् । “बिना विभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ” मुख्यमन्त्री कार्कीको भनाई […]
काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र […]
५ माघ, काठमाडौं । सत्ता साझेदार दलहरूका तर्फबाट सभामुखको उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरेले नेपाली कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गरेका छन् । ‘सभामुख पदमा त सहमति हुनुपर्ने हो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख पदमा चुनाव चाह्यो’, अनलाइनखबरसँग घिमिरेले भने । आज हुने सभामुख पदको चुनावमा घिमिरेविरुद्ध कांग्रेसले ईश्वरी […]
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएसँगै जीत कसको हुने भन्नेमा लगभग प्रष्ट देखिन्छ । भरखरै बनेको एमाले नेतृत्वको गठबन्धनमा १६० सांसद रहेकाले गठबन्धनका उम्मेदवार घिमिरेको जीत पक्काजस्तै भएको छ । उम्मेदवारी मनोनयन प्रक्रियामा दुईजना उम्मेदवार बनेपछि भोलि मतदानबाटै टुङ्गो लाग्ने भए पनि जोड […]
बुटवल । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ […]
काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । संसद् सचिवालयमा आज उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश १ […]
काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको […]
काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनुपर्ने दाबी गरेको हो । ‘हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको […]
मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक आज मंगलबार बाहुण्डाँगीमा सम्पन्न भएको छ । बैठकले झापामा जनाधार घट्दै गएको निश्कर्ष निकाल्दै संगठन सुदृढिकरण तथा नवनिर्माण अभियान संचालन गर्ने भएको छ । गत मंसीर ४ गते भएको आम निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्दै माओवादी केन्द्र झापाले पार्टीका सबै उम्मेदवारले हार व्यहोरेको कारण […]