Sajhamanch Archive

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त.

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण […]

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी.

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । […]

सभामुख चयनका लागि माघ ५ गते निर्वाचन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुख चयनका लागि माघ ५ गते निर्वाचन.

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक २०७९ माघ […]

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको असाधारण समर्थन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको असाधारण समर्थन.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो । नेपाली काँग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ्ग निलम्बित छन् भने कांग्रेसका अरु ३ जना सांसद बैठकमा अनुपस्थित भए […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त.

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश १ का सहइन्चार्ज हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहितको दावी प्रस्तुत गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री भएका छन् । यसअघि नेकपा एमालेका […]

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख समक्ष पेश गरे दाबी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख समक्ष पेश गरे दाबी.

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिँदैछ । […]

हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै.

विराटनगर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । अब नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरे बमोजिम समय सीमाभित्रै सरकारको […]

न्यूनतम साझा कार्यक्रम तयार, राप्रपा र जसपा सरकारमा जाने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on न्यूनतम साझा कार्यक्रम तयार, राप्रपा र जसपा सरकारमा जाने.

काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले शुक्रबार न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको छ । भोलि शीर्ष नेताहरुलाई बुझाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का […]

यस्तो छ नवगठित सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on यस्तो छ नवगठित सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ).

नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम प्रस्तावना प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा अभिव्यक्त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको जनादेशलाई उच्च सम्मान गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् शहीदहरूप्रति श्रद्धासुमन, आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्ग र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आम जनसमुदायप्रति हार्दिक […]

‘कांग्रेस नजाने गाउँको बाटो सोध्दैन’ : महामन्त्री शर्मा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘कांग्रेस नजाने गाउँको बाटो सोध्दैन’ : महामन्त्री शर्मा.

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकार गठनको अभ्यास नगरेको भन्दै आफूहरूले ‘नजाने गाउँको बाटो’ सोधेर आफ्नो भूमिकामा अलमल नगर्ने बताएका छन् । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै हो । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन’ उनले […]