काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्ड नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति […]
विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् । आज आइतबार बसेको एमाले संसदीय दलको बैठकले तिलकुमार म्याङ्बो प्रस्ताव र रेवती रमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरेको हो । तिल कुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए ।
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने निश्चित भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको हो । आइतबार बिहानसम्म कांग्रेस सत्ता […]
काठमाडाैं । नेकपा एमालेकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे छ । एमाले अध्यक्ष केपी ओली निवास बालकाेटमा सम्पन्न दलहरूकाे बैठकले १६६ सांसदकाे समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेकाे समाचार बाहिरिएकाे छ ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवा विरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा […]
झापा । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलगरूपमा प्रतिवेदन बुझाएको […]
काठमाडौ । निर्वाचन आयोग नेपालले २०७९ मङ्सीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि […]
भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति भद्रपुरको १०औं अधिवेशनबाट अध्यक्षमा लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३० मत प्राप्त गरेका थिए भने भट्टराईले ८४ मतमा रोकिनु परेको छ । यसैगरी उपाध्यक्षमा १३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए […]
काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट […]
उर्लाबारी । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताएका छन् । किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा उर्लाबारी ९ मोरङमा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ती तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रदेश प्रमुख खापुङले […]