अर्जुनधारा । झापा निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले एमालेलाई मत दिनुपर्ने बताएका छन् । आज अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा चुनाव प्रचारका क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै घिमिरेले यस्तो आग्रह गरेका हुन् । विपि कोइरालाको सपना साकार पर्न र समृद्ध मुलुक बनाउन काङ्ग्रेस लगायत […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका मुख्य प्रतिष्पर्धी उम्मेदवारहरुले मतदाता फकाउन अनेकन गुलिया मन्तब्यहरु पस्किइरहेका छन् । वर्षौंदेखि भारतीय भूमिबाट नेपाल पसेर दुःख दिइरहने जंगली हात्तीको समस्या समाधानका लागि क्षेत्र नम्बर १ का जनतालाई उनीहरुले गुलिया आश्वासन बाँडिरहेको पाइन्छ । नेपाली कांग्रेसका महामन्त्री तथा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विश्वप्रकाश […]
मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, झापा अध्यक्ष तिलक पाण्डे र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही हुने बताएका […]
मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको हो । […]
झापा । बाह्रदशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले आज सामुहिक राजीनामा दिएका छन् । निर्वाचनको मिति नजिक आइरहेको बेला ठूलो संख्यामा माओवादीका नेता कार्यकर्ताले दिएको सामुहिक राजीनामाले गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । जनयुद्धकालदेखि सक्रिय नेता कार्यकर्ताहरुले माओबादीले गन्तब्य र सिद्धान्त भुलेर कांग्रेससँग गठबन्धन गरेर अघि बढेको कारण सामुहिक […]
झापा । निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले झापा पुगेर नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा भोट मागेका छन् । आयोगका अध्यक्ष निरौलाले यही कार्तिक २१ गते सोमवार झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्माको पक्षमा भोट मागेका […]
दमक । पञ्चायती व्यवस्था देखिनै जनअधिकार र स्वतन्त्रताका लागि झापामा संघर्षरत नाम हो, नर्वदादेवी शिवाकोटी पाठक (निर्मला) । २०२५ सालमा ताप्लेजुङ्को ओख्राबोमा जन्मिए पछि उहाँको बाल्यकाल देखिनै संघर्षको समय भने झापामा बित्यो । २०३० साल देखि, झापाको लखनपुरलाई कार्यथलो बनाउनु भएकी उहाँ २०४० विद्यार्थी कालदेखिनै बामपन्थी राजनीतिमा आकर्षित हुनु भयो । तत्कालिन लखनपुरको वाणि माविमा […]
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै प्रतिगमनकारी भएको प्रत्यारोप गरेका छन् । आज आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिगमन कस्तो हुन्छ देउवा-प्रचण्ड जी ? संसदमा सरकार बनाउने र फेर्ने कुरा अदालतमा गएर बनाएको जस्तै हुन्छ ?’ […]
झापा। अभिनेत्री मनिषा कोइराला निर्वाचन क्षेत्र नं. ३ का मतदाता समक्ष राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई मतदानको अपील गर्न झापा आउने भएकी छन्। लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते आयोजना गरिएको बृहत चुनावी आमसभालाई अभिनेत्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । दोस्रो पटक […]
झापा । नेकपा एमालेले महिनावारी भएका सबै महिलालाई सेनिटरी प्याडका लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणाले ग्रामीण महिलाहरु खुशी भएका छन् । हालै एमालेले घोषणा पत्रमा सार्वजनिक गरेको धेरै लोकप्रिय कार्यक्रममध्ये एक वर्षमा हरेक महिनावारी भएका महिलालाई पन्ध्र सय रुपैयाँ दिने उल्लेख गरिएको छ । यसले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको […]