बिर्तामोड । झापा क्षेत्र नं। २ (१) का उम्मेदवार एकराज कार्कीले मंसिर ४ पछि जनताको सरकार बन्ने बताएका छन् । उनले परमादेशको सरकार हटाउने उपयुक्त दिन नै मंसिर ४ भएको बताए । आज बिर्तामोड वडा नं। ३ का विभिन्न स्थानमा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै जनताको सरकार बनाउन एमालेलाई विजयी गराउनुपर्ने धारणा राखे । […]
भद्रपुर । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्नेे आश्वासन दिएका छन् । झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू […]
झापा । नेकपा एमालेले सबै धर्मलाई समान रुपमा हेर्ने झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बताउनु भएको छ । शनिबार बिर्तामोड ४ मा रहेको नमो बौद्व गुम्बा र सोहि वडामा रहेको बिलिभर्स चर्चमा आयोजित चुनावी सम्बोधन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले […]
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ का संघीय संसद पदका उम्मेदवार राजेन्द्रप्रसाद लिङदेनले झापा ३ मा ५ वर्षे सांसदको कार्यकालमा विकास के हो भनेर चिनाएको दावी गरेका छन् । भद्रपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले नेकपा एमालेको बलियो साथ र विकासप्रतिको लगाव मतदाताले बुझेको कारण निर्वाचन सहजै जित्ने समेत दावी समेत गरे […]
बिर्तामोड । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जाल झापाले अपील गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जालले आज शनिबार लिखित अपीलमार्फत आग्रह गरेको हो । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न […]
झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नं. १ लाई हेरिएको छ । झापा–१ मा तेस्रोपटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानून ज्ञाताको छबि बनाएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोड घटाउको हिसाब किताब हुन थालेको छ । अग्नि खरेल […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेका मदरसाहरुको स्तरोन्नतिमा निरन्तर लागिपर्ने नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आश्वासन दिएका छन् । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले एमालेको सरकार आए यो क्षेत्रका सम्पूर्ण समस्याको समाधान गरिनेसमेत प्रतिवद्वता जाहेर गरे । नेकपा एमालेका […]
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौला २०४६ को परिवर्तनदेखि २०६२/०६३ को परिवर्तनसम्मका महत्वपूर्ण उपलब्धीका अविस्मरणीय व्यक्तित्व भएको बताएका चुनावी सभा अन्र्तगत झापा क्षेत्र नम्बर १ र ३ मा पर्ने भद्रपुर नगरपालिकाका वडा नं. ७, ८, ९ र १० का मतदाता लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सिटौलाको प्रशंसा गरेका हुन् । […]
२०७९ मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाहामी नेकपा एमालेकातर्फबाटप्रतिनिधि सभा सदस्यका लागि क. देवराज घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २-१ का लागि क. एकराज कार्की र प्रदेश निर्वाचन क्षेत्र नं. २-२ का लागि क. चिन्तन पाठकउम्मेद्वारको रुपमाप्रस्तुत भएकाछौ। यस निर्वाचनमा हामी निर्वाचित भएको खण्डमानिर्वाचन क्षेत्र नं २ बासी सम्पूर्ण आमाबुबा, […]
दमक । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङसहित २३३ जनाले एकैसाथ सो पार्टी छाडेका छन्। आज बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी छाड्नेमा विभिन्न जनवर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेको चामलिङले जानकारी दिए । दलहरूको सिद्धान्त र व्यवहार […]