काठमाडौं । संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिसंगको छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भए पनि सरकारले आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु दुखद रहेको बताएका हुन् […]
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् । रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । “हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि […]
काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइनसकेको दुवैतर्फका […]
राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना पत्रकारहरु सम्मानित तथा पुरस्कृत मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी दिएका छन् । शुद्धिकरणको नाममा प्रेस चौतारीका सदस्यमाथि अपमानित गर्ने र विभेद गरी जिस्काउने दुस्प्रयास नगर्न पनि अध्यक्ष बस्नेतको चेतावनी […]
काठमाडौँ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ तेस्रो साता भारतको उत्तरप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गर्दा कम्युनिस्ट खेमाबाट चर्को आलोचना भयो । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अँगालेर पनि धर्मकर्ममा आशक्त बनेको भन्दै उनकै टीकाटिप्पणी चल्यो । भ्रमण सकेर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै दाहालले ‘मैले गेरुवस्त्र लगाउँदिन भनेको भए एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो’ भनेर […]
काठमाडौँ । विशेष अदालतले कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रूपैयाँ बिगो भराउने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गर्दै तिनैजना प्रतिवादीसँग दामासाही रूपमा […]
काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ । शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता […]
काठमाडौं । प्रतिनिधि सभामा आउँदो शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् । प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्ष २०८०÷०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न नगर प्रमुख मेगाहाङ्ग थोप्रालाई सुझाब सहितको ध्याकर्षण पत्र बुझाएको हो । नेपाली काग्रेसका नगर सभापति आशोक बस्नेतको नेतृत्वको टोलीले १८ बुँदाको ध्यानाकर्षण पत्र बुझाएको थियो । नेपाली कांग्रेसले बुझाएको ध्याकर्षण […]