कनकाई । मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेले निवर्तमान सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूलाई पुनः उम्मेदवार बनाएको छ । एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि २० जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि समा सदस्यका लागि ७ जना स्वतन्त्र सहित १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन कार्यालय क्षेत्र नं. ४ ले जनाएको छ । जसमा नेकपा एमालेबाट लालप्रसाद साँवा, नेपाली कांग्रेसबाट देउमान थेवे, हाम्रो नेपालीपार्टीबाट युक्तप्रसाद भेटवाल, […]
भद्रपुर । झापा क्षेत्र नम्वर ३ मा पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णप्रसाद सिटौलाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् भने एमाले राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेस नेता सिटौलाले सत्ता गठबन्धनको ४ दलका तर्फबाट झापा ३ मा वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् भने नेकपा एमाले सितको गठबन्धनबाट […]
मेचीनगर । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापाका इन्चार्ज अग्निप्रसाद खरेलले उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ (१) का लागि प्रदेशसभा सदस्य पदमा नेकपा एमालेका केन्द्रीय सदस्य, तत्कालीन संविधानसभाका सदस्य, मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख रविन कोइरालाले तोकिएको समयमा उम्मेदवारी […]
दमक । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ (१) का लागि प्रदेशसभा सदस्य पदमा हिक्मतकुमार कार्की र क्षेत्र नं. ५ (२) का लागि होमबहादुर थापाले पनि तोकिएको समयमा उम्मेदवारी दर्ता गरेका छन् […]
अर्जुनधारा । झापाको निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट देवराज घिमिरेले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ (१) का लागि प्रदेशसभा सदस्य पदमा एकराज कार्की र क्षेत्र नं. २ (२) का लागि तिलचन पाठक (चिन्तन)ले पनि तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गरेका छन् । अर्जुनधारा नगरपालिकामा […]
झापा । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूचीआयोगले सार्वजनिक गरेको हो। प्रदेश १ को प्रदेशसभामा पठाउन नेकपा एमालेले ३६ जनाको नाम पेस गरेको छ । हेर्नुहोस् सूची :
मेचीनगर । भोलि असोज २३ गते उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनमात्र नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रदेशसभाका उम्मेदवार तय गरेको छ । आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनका लागि झापा क्षेत्र नं १ ‘क’बाट नेपाली कांग्रेसका गोपाल तामाङ्ग र ‘ख’बाट एमाओवादीका श्यामबीर लिम्बूको उम्मेद्वारी पक्का भएको हो । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरु मध्ये […]
काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका […]
काठमाडौँ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गर्दै काठमाडौं–८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले एमाले अध्यक्ष ओलीलाई फोन गर्दै आफू करिब ७० वर्ष भइसकेको र यसअघि नै अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प खोज्नु पर्ने बताएकी हुन् । अध्यक्ष ओलीले […]