Sajhamanch Archive

झापामा को कहाँबाट चुनाव लड्दैछन्

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा को कहाँबाट चुनाव लड्दैछन्.

झापा । संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभाका लागि यही २०७९ मंसीर ४ गते आम निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पेश गर्न दिएको मिति असोज २ र ३ तथा नाम सच्याउन दिएको समयसीमा असोज १६ पनि सकिएको छ । धेरैजसो राजनीतिक दलहरुले समानुपातिकतर्फ को कसलाई उम्मेदवार […]

झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय.

झापा । मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा पनि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टामा असोज २० गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा निर्वाचन आयोगले टंकबहादुर महतलाई निर्वाचन […]

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने.

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ । यसका […]

नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित)

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित).

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरिता प्रसाईं छिन । यसैगरी पुरुषतर्फ पहिलो […]

‘दशैं पर्वले नेपालीजनलाई राष्ट्रिय एकतातर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्’ : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘दशैं पर्वले नेपालीजनलाई राष्ट्रिय एकतातर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्’ : अध्यक्ष ओली.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आयोजना तथा झापा जिल्ला कमिटीको व्यवस्थापनमा आज बिर्तामोडमा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक मन्तब्य थोरै तर धार्मिक एवम् दशैं पर्वको सन्दर्भमा पौराणिक कथनहरु सहितको मन्तब्य दिँदै अध्यक्ष ओलीले नेपाली संस्कार, संस्कृति एवम् विवधता नेपालको सम्पदा भएको बताए । पुराना कम्युनिष्ट […]

शर्मा र सिटौलाको उम्मेदवारीले झापा काँग्रेसमा उत्साह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शर्मा र सिटौलाको उम्मेदवारीले झापा काँग्रेसमा उत्साह.

झापा । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकर्ताहरू उत्साहित भएका छन् । काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो । […]

मंसीर ४ गते हुने निर्वाचनका लागि निर्वाचन क्षेत्रमै कार्यालय स्थापना हुने, विगतजस्तो सदरमुकाममा भिडभाड नहुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मंसीर ४ गते हुने निर्वाचनका लागि निर्वाचन क्षेत्रमै कार्यालय स्थापना हुने, विगतजस्तो सदरमुकाममा भिडभाड नहुने.

भद्रपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ सम्पन्न गर्नका लागि यो पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै निर्वाचन कार्यालय सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले यसपटको निर्वाचनमा क्षेत्रगत रूपमा निर्वाचन कार्यालय रहने जानकारी दिँदै ती कार्यालय असोज २० गतेभित्र खुलिसक्ने जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन क्षेत्र नं. १ […]

चाडपर्वको शुभकामना आदानप्रदान गर्न एमाले अध्यक्ष ओली महानवमीमा बिर्तामोड आउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चाडपर्वको शुभकामना आदानप्रदान गर्न एमाले अध्यक्ष ओली महानवमीमा बिर्तामोड आउने.

झापा । हरेक वर्ष दशैंको महानवमीका दिन झापामा हुने गरेको शुभकामना आदान प्रदान कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउने निश्चित भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजना तथा नेकपा एमाले झापा जिल्ला कमिटीको व्यवस्थापनमा यस्तो कार्यक्रम बर्सेनी नियमित भइरहेको छ । यो वर्ष पनि २०७९ असोज १८ गते महानवमीका […]

एमालेमै फर्किए डिल्लीराम

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमालेमै फर्किए डिल्लीराम.

झापा । नेकपा एमालेका पुराना नेता डिल्ली घिमिरेले स्थानीय तह निर्वाचनका मुखैमा छोडेको पार्टी एमाले ठिकै थियो, मैले आवेसमा आएर पार्टी छोड्नु गल्ती थियो भन्ने आत्मालोचना गर्दै पुनः एमालेमा नै फर्किएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् । आज २०७९ असोज १४ गते मितिमा घिमिरेले जारी गरेको विज्ञप्ती उनले सामाजिक सञ्जालमा पनि अपलोड गरेका छन् […]

कांग्रेसभित्रको अन्तरविरोध छताछुल्ल !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसभित्रको अन्तरविरोध छताछुल्ल !.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो […]