Sajhamanch Archive

विवेकशील सहकारीको साधारणसभामा दर्जनौं सम्मानित

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on विवेकशील सहकारीको साधारणसभामा दर्जनौं सम्मानित.

बिर्तामोड । झापाको चारपानेस्थित बिबेकशील महिला सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्वती भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । ५३ लाख ८० हजार ५०० रूपैयाँ शेयर पुँजी रहेको संस्थाको १ करोड ७३ लाख ३९ हजार ३२४ रूपैयाँ बचत रहेको […]

इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित भवनको उद्घाटन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित भवनको उद्घाटन.

बेलबारी । इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवनको उद्घाटन गरिदिएका हुन् । भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित […]

निर्वाचन जनविरोधी तत्व पराजित गर्ने अवसर : ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन जनविरोधी तत्व पराजित गर्ने अवसर : ओली.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। आगामी निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व […]

झापा १ मा काँग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण

Published: (Updated: ) in राजनीति, शिक्षा, समाज by . Leave a Comment on झापा १ मा काँग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण.

भद्रपुर । नेपाली काँग्रेसका भातृ संस्थाहरुको संयुक्त आयोजनामा झापा क्षेत्र नम्बर १ अन्तरगत मेचीनगर र भद्रपुरका ५ वटा वडाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा नेपाल महिला संघ, तरूण दल र नेपाल विद्यार्थी संघको संयुक्त आयोजना तथा नेपाली कांग्रेस भद्रपुर ९ को आतिथ्यमा मेचीनगरका १२, १३, १४ र भद्रपुर […]

प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नम्बर ४ मा राईले स्वतन्त्र उम्मेद्वारी दिने

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नम्बर ४ मा राईले स्वतन्त्र उम्मेद्वारी दिने.

शिवसताक्षी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी दर्ता गर्ने बताएका छन् । आज पत्रकार सम्मेलन गरी आफू प्रतिनिधि सभाको उम्मेद्वार बन्ने उनले जानकारी गराएका हुन् । राजनीतिलाई विकास, जनताको समृद्धि, स्थिरता, शान्ति र निकाससम्म जोड्नका लागि पटक पटक शक्तिमा पुगेका दलका नेताहरुले नसकेका कारण […]

एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची.

काठमाडौं । नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो । नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको […]

प्रेस युनियनका जिम्मेवारहरुलाई झापामा खादामाला अर्पण

Published: in राजनीति, समाज by . Leave a Comment on प्रेस युनियनका जिम्मेवारहरुलाई झापामा खादामाला अर्पण.

बिर्तामोड । नेपाल प्रेस युनियन झापाले युनियनका केन्द्रीय अध्यक्षसहित झापाबाट युनियन, बान तथा प्रेस क्लबमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । युनियनको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष शिव लम्साल, उपमहासचिव युवराज गौतम, सचिव रेजिना गौतम, सदस्य शुशिला संग्रौला, स्वतन्त्र रेडियो प्रशारक संघ प्रदेश १ का संयोजक गिरीराज भट्टराई, प्रेस क्लब मेचीनगरका […]

प्रचण्डको अभिव्यक्ति माथि विश्व हिन्दू परिषद नेपालको चेतावनी

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on प्रचण्डको अभिव्यक्ति माथि विश्व हिन्दू परिषद नेपालको चेतावनी.

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति विश्व हिन्दू परिषद नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषदले आज विज्ञप्ती प्रकाशन गरेर बहुसंख्यक जनताको धार्मिक आस्था एवं मनोभावना माथि […]

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै.

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिक तर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको र अब टुंग्याइने बताए । संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार टुंग्याउनुपर्नेछ । ४ मंसिरमा […]

जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन.

काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको जिकिरसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा आज सर्वोच्च अदालत फर्किन लागेका छन् । राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु […]