काठमाडौ । निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गरेको छ । आयोगका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दायित्व भएका उम्मेदवारहरूमध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ […]
काठमाडौं । निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वतः कायम नरहने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने उल्लेख गरेका छन् । समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै […]
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । छलफलमा सहभागी नेताहरुका अनुसार […]
कनकाइ । नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं ९ का कृयाशिल कार्यकर्ताको भेलाले गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । उक्त कार्य समितिको उपसभापतिमा शिव राजवंशी र लता श्रेष्ठ, सचिवमा राजेन्द्र आङबुहाङ र भोलानाथ मिश्र, सहसचिवमा जीवनकुमार श्रेष्ठ र दिवस पराजुली चयन भएका छन् । समितिका सदस्यहरुमा युवराज मिश्र, गणेशचन्द्र राजवंशी, […]
काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमतिसँगै २० साउनदेखि सिट बाँडफाँडको गृहकार्यमा जुटेका पाँच दल ३९ दिन बित्दा पनि निष्कर्षविहीन छन् । यसबीचमा कार्यदल र शीर्ष नेताको गरेर २२ बैठक बसेका छन् । कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत टुंग्याउन शीर्ष नेताले जिम्मा पाएका छन् । निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तथा […]
झापा । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको नवौं झापा जिल्ला सम्मेलनले १३ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष पवित्रा पाठकसहितका नेतृहरुले आज जिल्ला पार्टी कार्यालयमा विशेष पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी गराएका हुन् । १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दा सम्भव भएसम्म सबै क्षेत्र, वर्ग र तप्काको उचित […]
शिवसताक्षी । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई–दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं ९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत कार्यक्रममा नेता थेवेले सो आश्वासन दिएका हुन् । कनकाई धाम, कन्काइ नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटीहोम, दोमुखा […]
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएर आपत्तिजनक मन्तब्य दिएका हुन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न–मार्न तयार नभएको […]
झापा । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत चयन भएकी छन् । संघको भदौ ४ गते उद्घाटन भएको नवौं जिल्ला अधिवेशनमा मनोनयन दर्ता गराएका आकांक्षीहरु मध्येबाट जिम्मेवारी बाँडफाँड गरी सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेणुका डाँगी, सचिवमा लीला दहाल, सहसचिवमा […]
भद्रपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वी.पी. कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर–१० स्थित वी।पी चोकस्थित वी.पी.को शालिकमा माल्यार्पण सहित सभा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाले महामानव वी.पी.कोइरालाले देखाएको बाटोमा […]