झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप ५ का एमाले इन्चार्ज होम थापाले बताए । नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय सांसदका लागि झापाको क्षेत्र नं ५ बाट […]
बिर्तामोड । मंसीर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँचवटा संघीय निर्वाचन क्षेत्र भएको झापामा तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक÷एक जनाको मात्रै नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला […]
इलाम । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले) ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो । क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उनी नै […]
बिर्तामोड । आसन्न मंसिर ४ को प्रदेस र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ । भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन बमोजिम उम्मेदवार सिफारिस सुरु गरिएको हो । झापा क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री […]
भद्रपुर । बाम वुद्धिजीवीहरुको प्रथम भद्रपुर नगर भेलाले गोपाल आचार्यको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद भद्रपुर नगर समिति गठन गरेको छ । शनिबार भद्रपुर नगरपालिकाभित्र रहेका बाम वुद्धिजीवीहरुको भेलाले परिषद नगर समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा अधिवक्ता देवीकुमारी निरौला, सचिवमा लक्ष्मीप्रसाद घिमिरे, उपसचिव द्वय अम्बरबहादुर खड्का, झमकबहादुर बस्नेत र कोषाध्यक्षमा शंकर गौतमलाई सर्वसम्मत चयन […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारले आगामी निर्वाचनमा त्यो भन्दा तल्लो निकायमा उम्मेद्वार बन्न नपाउने निर्णय गरेको छ । पार्टी सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले यसका लागि विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष […]
सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसीर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंसीर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ, बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यसकारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’ […]
गौरीगञ्ज । सयौं नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका माओवादी नेता विद्यानन्दसिंह राजवंशीले गौरीगञ्जमा माओवादीभित्र विद्रोहको शुरुआत मात्रै भएको बताएका छन् । उनले पहिलो चरणको पार्टी प्रवेश शुरुआत मात्रै भएको बताउँदै उनले झापा जिल्लाभर यसको प्रभाव पर्ने ठोकुवा गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा उनले गौरीगञ्जमा माओवादी शून्य बनाइदिने घोषणा गरेका छन् । माओवादीबाट जनताले मुक्ति […]
बिर्तामोड । नेकपा एमालेको महत्वपूर्ण जनसंगठन नेपाल बुध्दिजीवी परिषदको बिर्तामोड नगरको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ। प्रथम अधिवेशनले डा. कपिलमणि मिश्रको अध्यक्षतामा नयाँ नेृत्व चयन गरेको छ । परिषद्को उपाध्यक्षमा अधिवक्ता हेमकला कट्टेल, सचिवमा स्वास्थ्यकर्मी ओमबहादुर खड्का, उपसचिवमा शिक्षक प्रेम चिमरिया र अस्मिता कार्कीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, परिषद्को कोषाध्यक्षमा जनक थापालाई जिम्मेवारी […]
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए । तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको […]