कनकाई । झापा क्षेत्र नं.४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित हिराकुमार थापाले संघीय सांसद भएर जनताको सेवा गर्ने उर्जा पलाएको बताएका छन् । प्रदेश १ को प्रदेशसभा सदस्य भएर भूमिसुधार तथा कृषि मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्ने अवसर प्राप्त गरेका थापाले आफ्नो अबको लक्ष्य झापा क्षेत्र नं. ४ बाट संघीय सांसद बन्ने रहेको घोषणा गरेका हुन् । […]
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज गरिएको विशेष नगरसभाले तीनवटा विधेयक पास गरेको छ । विशेष नगरसभामामार्फत् आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न विशेष […]
झापा । झापामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा ८६ हजार ८८८ जना मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दावी विरोध प्रयोजानार्थ निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको मतदाता नामावली अनुसार अघिल्लो निर्वाचनमा भन्दा मंसीर ४ को निर्वाचनका लागि झापामा ८६ हजार ८८८ मतदाता थपिएका हुन् । २०७४ सालको संसदीय […]
बिर्तामोड । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको बिर्तामोड नगर अधिवेशनले रहमान शेखको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । आज सोमबार गठित समितिको उपसभापतिमा समिर अन्सारी, सचिवमा साहाबुद्धिन शेख, सहसचिवमा समिर शेख र कोषाध्यक्षमा मोहमद हुसेन मियाँ चयन भएका छन् । यस्तै समितिका सदस्यहरुमा महमद फरिहल, बासिब मियाँ, जरुल मियाँ, सनौबर अलि खान, नेबुवा […]
भदौ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीबाट सहमतिकै आधारमा उम्मेदवार छनोट गर्न निर्देशन दिएका छन् । निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै आइतबार अध्यक्ष ओलीले चुनाव गरेर उम्मेदवार नछान्न निर्देशन दिएका हुन् । तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै […]
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको आइतवारको बैठकमा पेश भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री खाँणले उक्त प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय […]
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज १०० दिन (हनिमुन अवधि) पूरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशील भएको १०० दिनमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिएका छन् । ‘कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यलाई […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । आज (शनिबार) सकिएको पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने निणर्य गरेको हो । सम्बन्धित प्रतिनिधिसभा […]