काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि नौ वटा समूह बनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनको छलफलका लागि बैठकले नौ वटा समूह बनाएको हो […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ । निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकतम ७७ दलको चिह्न मात्र रहने छ । आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर […]
कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा झापाको कमल गाउँपालिकामा क्रियाशील शिक्षकहरुको प्रतिनिधि संस्थाको बैठक बसेर शिक्षक महासंघ गठनका लागि आ–आफ्नो संस्थाबाट कायम रहेका सदस्यहरु निर्धारण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कार्यसमितिको आयोजनामा वडा नम्बर ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा आज सम्पन्न बैठकले सो निर्णय गरेको हो । शिक्षक […]
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र […]
काठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्। बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् । ‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि […]
विर्तामोड । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार यही भदौ १० गतेदेखि शुरु हुने अभियान तीन चरणमा सञ्चालन हुनेछ । जस अन्तर्गत भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरण, समानुपातिक उम्मेद्वारी दर्तापछि दोस्रो चरण र प्रत्यक्षतर्फको […]
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै […]
काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँड कार्यदलले काम पूरा गर्न नसकेपछि पाँच दलका शीर्ष नेताहरु आफैं बसेर त्यसबारे छलफल थालेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मंगलबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल […]
काठमाडौं । नेपाल बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । कुटाइ खानेमा जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि […]
काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर […]