Sajhamanch Archive

अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई ओलीको निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई ओलीको निर्देशन.

दमक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा आज अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन् । त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क […]

नेकपा एमाले झापाकाे चाैथाे पूर्ण बैठक सुरू

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेकपा एमाले झापाकाे चाैथाे पूर्ण बैठक सुरू.

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीकाे चाैथाे पूर्ण बैठक बिर्तामोडमा सुरू भएकाे छ । पार्टीका संस्थापक पुष्लपलालकाे तस्विरमा माल्यार्पण गरी बैठक सुरू भएकाे छ । जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीकाे अध्यक्षतामा स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेकाे प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएकाे हाे । बैठकमा अध्यक्ष दिपक कार्कीले छलफलका एजेन्डा […]

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै.

हेटौंडा । नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम […]

पुष्पलालप्रति एमाले अध्यक्ष ओलीको धारणा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पुष्पलालप्रति एमाले अध्यक्ष ओलीको धारणा.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको महान् शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले नेपाली समाजको परिवर्तन र रुपान्तरणका निम्ति पुर्‍याएको योगदानको स्मरण र मूल्याङ्कन गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुर्‍याउन संकल्प गर्नुपर्ने धारणा […]

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित, कतिपय प्रावधानबारे पूर्व कानूनमन्त्री खरेलको टिप्पणी (भिडियो सहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित, कतिपय प्रावधानबारे पूर्व कानूनमन्त्री खरेलको टिप्पणी (भिडियो सहित).

झापा । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा आजै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए । आज दिनभर विधेयकमाथि छलफल पछि बहुमतले पारित भएको हो । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदहरुले राज्य व्यवस्था समितिमा छलफल गरी सहमतिमा पुगेको विषयका आधारमा संशोधन […]

गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहनुपर्नेः कांग्रेस पूर्व महामन्त्री सिटौला

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहनुपर्नेः कांग्रेस पूर्व महामन्त्री सिटौला.

भद्रपुर । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक आन्दोलनमा वीपीको विचार सधैं मार्गदर्शक रहेको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढी वीपी चौकमा आयोजित वीपीको ४१औं स्मृति दिवसलाई सम्बोधन गर्दै सिटौलाले २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा वीपीको विचार नै मार्गदर्शक भएको बताएका हुन् । संघ र प्रदेश तहको निर्वाचनमा गठबन्धनको […]

दमकमा नगरप्रमुखको हठले बजेट पास नभएको कार्यपालिका सदस्यहरुको स्पष्टोक्ति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on दमकमा नगरप्रमुखको हठले बजेट पास नभएको कार्यपालिका सदस्यहरुको स्पष्टोक्ति.

दमक । दमक नगरपालिकाको चालू आर्थिक वर्षको बजेट पास नहुनुमा नेकपा एमाले कारण नभएको जनप्रतिनिधिहरुले दावी गरेका छन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आज दमकमा पत्रकार सम्मेलन गर्दै नगरसभा सदस्यले दिएको सुझावलाई कार्यपालिका बैठकमा लगेर छलफल गर्नुपर्ने दायित्वबाट नगरप्रमुखले पन्छिँदा अहिलेको समस्या आएकोे उनीहरुको दावी छ । कार्यपालिका सदस्य लोकबहादुर धिमालले गत असार १० गते […]

देश बर्बादीतर्फ जाँदै छ, निर्वाचन सार्ने खतरा छ: ओली

Published: in राजनीति by . Leave a Comment on देश बर्बादीतर्फ जाँदै छ, निर्वाचन सार्ने खतरा छ: ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सार्ने खतरा रहेको बताएका छन्। एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने‚ ‘सरकारले चुनाव सार्ने षड्‌यन्त्र गरे पनि हामी तलमाथि हुन दिँदैनौँ।’ उनले भने, ‘आफ्नो स्वार्थमा लाग्ने केही व्यक्तिले सोच्ने हो भने देश बर्बादीतर्फ जाँदै छ। भर्खरै स्थानीय […]

झापासहित ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्ने सुविधा आजदेखि सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापासहित ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्ने सुविधा आजदेखि सुरु.

झापा । निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । जसअनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्ला र बाहिरका पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको हो । आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने […]

‘एकीकृत समाजवादीका ठूलो हिस्सा एमालेमा फर्किन लागेको छ’

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एकीकृत समाजवादीका ठूलो हिस्सा एमालेमा फर्किन लागेको छ’.

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको बताएका छन् । जनकपुरधाममा आज सोमबार आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले ठूलो हिस्सा एमालेमा फर्किएपछि माधवकुमार नेपाल पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ नहुने बताए । ‘माओवादीमा प्रवेश गरे पनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ । माओवादीमा […]