Sajhamanch Archive

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कारबाहीमा !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कारबाहीमा !.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको छ । जसपा अध्यक्ष उपेन्द्र पक्ष आजै विवरण अध्यावधिका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिका लागि आज निर्वाचन आयोग जान लागेको बताएका छन् । यादव पक्षको वीरगञ्ज […]

‘अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन’ : देउवा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन’ : देउवा.

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरेका हुन् । ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्’ देउवाले भनेका […]

उपसभामुखमा भुसाल निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखमा भुसाल निर्वाचित.

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एकजना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस […]

उपसभामुखका उम्मेदवारहरुः एमालेबाट विद्या भट्टराई, गठबन्धनबाट पुष्पा भुषाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखका उम्मेदवारहरुः एमालेबाट विद्या भट्टराई, गठबन्धनबाट पुष्पा भुषाल.

काठमाडौं । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदको भोलि हुने निर्वाचनमा नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । आज ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयनको समयमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलहरुले कांग्रेस नेतृ पुष्पा भुसाललाई उम्मेदवार बनाएर मनोनयन दर्ता गरिसकेको छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ […]

मानव अधिकार एलाइन्सको स्थापना दिवसमा अन्तरसम्वाद

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मानव अधिकार एलाइन्सको स्थापना दिवसमा अन्तरसम्वाद.

झापा । मानव अधिकार एलाइन्स नेपालको २३औं स्थापना दिवसको अवसरमा “मानव अधिकारको प्रवर्द्धनमा नागरिक, संघ–संस्था, एलाइन्स र पार्टीको भूमिका” विषयक अन्तरसम्वाद गरिएको छ । मानव अधिकार एलाइन्स झापाका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षतामा बुधबार बिर्तामोड ३ को सैनिकमोडमा आयोजित अन्तरसम्वादमा सचिव अर्जुन पाठकले कार्यत्रप प्रस्तुत गरेका थिए । मानव अधिकारका क्षेत्रमा कार्यरत नागरिक संस्थाहरुले भोग्नु परेका […]

श्रीलंकामा संकटकाल घोषणा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा संकटकाल घोषणा.

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् […]

‘विकासको काममा तीनै तहको समन्वय आवश्यक’

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on ‘विकासको काममा तीनै तहको समन्वय आवश्यक’.

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय बिना विकास सम्भव नभएको बताएका छन् । आज सोमबार विराटनगरमा आयोजित ‘सङ्घ, प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता’ विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका […]

बुढीगंगाको मेयर र उपमेयरसहित ७ वडामा एमाले विजयी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बुढीगंगाको मेयर र उपमेयरसहित ७ वडामा एमाले विजयी.

झापा । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार ७ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती […]

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिए.

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै […]

खानेपानीको चुनावः दलीय भागबण्डामा उम्मेदवारीको तयारी, निर्वाचन समितिको राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on खानेपानीको चुनावः दलीय भागबण्डामा उम्मेदवारीको तयारी, निर्वाचन समितिको राजीनामा.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयनका लागि गठित निर्वाचन समितिले राजीनामा दिएको छ । केही दलहरुले दलीय सहमतिका आधारमा नेतृत्व चयन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेका थिए । तर उक्त कुराको सुइँको पाएका संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान, समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेसन आदि दलले निर्वाचन […]