Sajhamanch Archive

एमालेले गठन गर्‍यो थप तीन विभाग

Published: in राजनीति by . Leave a Comment on एमालेले गठन गर्‍यो थप तीन विभाग.

काठमाडौं । नेकपा एमालेले थप तीन विभाग गठन गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भौतिक पुर्वाधार तथा यातायात विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले कृषि तथा पशुपन्छी विभाग, वित्त तथा कोष र निर्वाचन विभागलाई विस्तार गरेको छ । […]

मुख्यमन्त्री हेरफेर प्रसंगः एकीकृत समाजवादीमा अर्को पहिरो जाँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मुख्यमन्त्री हेरफेर प्रसंगः एकीकृत समाजवादीमा अर्को पहिरो जाँदै.

काठमाडौं । संघीय सरकारमा हालैमात्र मन्त्रीहरु हेरफेर गर्न फलामको चिउरा चपाएको नेकपा एकीकृत समाजवादीका अघिल्तिर प्रदेशका मुख्यमन्त्री हेरफेर अर्को सकस आइलागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएको घटनाले सो पार्टीमा फेरि अर्को पहिरो जाने संकेत देखिएको हो । […]

चतरामा विपद पूर्वअभ्यास, मन्त्री कार्की भन्छन्ः विपत देख्नेहरु उद्धारमा लाग्न छाडेर सामाजिक सञ्जालमा गाली गर्न थाल्छन्

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चतरामा विपद पूर्वअभ्यास, मन्त्री कार्की भन्छन्ः विपत देख्नेहरु उद्धारमा लाग्न छाडेर सामाजिक सञ्जालमा गाली गर्न थाल्छन्.

सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद हुनपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् । बिहीबार सुनसरीको चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन […]

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

Published: in राजनीति by . Leave a Comment on राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा.

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर […]

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छः मन्त्री चौधरी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छः मन्त्री चौधरी.

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुईरतीन […]

नवनियुक्त मन्त्रीले लिए शपथ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नवनियुक्त मन्त्रीले लिए शपथ.

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र […]

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् । पार्टी […]

सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति.

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र […]

चलाचुलीका बुहारीलाई गाउँपालिकाले पढाउने, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on चलाचुलीका बुहारीलाई गाउँपालिकाले पढाउने, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता.

चुलाचुली । इलाम जिल्लाको चलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बनाएको नीति तथा कार्यक्रम र बजेट दशौं गाउँसमामा प्रस्तुत गरी पाससमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिलु लावतीले पेश गरेको बजेट गाउँसभाले पास गरेको हो । चुलाचुली गाउँपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । […]

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाका कुन पालिकाको प्रस्तावित बजेट कति.

झापा । आज असार १० गते, संविधानतः सबै पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन । संविधानमा उल्लेख गरेको मिति र सोभन्दा पहिले नै पनि झापाका पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पालिकाका प्रमुख र अध्यक्षहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका […]