Sajhamanch Archive

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ.

कमल । कमल गाउँपालिकामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७१ करोड १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको बजेट गाउँसभामा पेश भएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आज गाउँसभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेश गरेकी हुन् । प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ २८ […]

भद्रपुरको नीति तथा कार्यक्रम र ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुरको नीति तथा कार्यक्रम र ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत.

भद्रपुर । भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को बजेट बिहीबार बसेको नगरसभाले सर्वसम्मतरुपमा स्वीकृत गरेको छ । नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय–व्यय समेटिएको बजेट नगरसभाले अनुमोदन गरेको हो । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ९१ करोड ३४ लाख […]

सदाचार नीति ‘गायब’

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सदाचार नीति ‘गायब’.

झापा । शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हुदा ल्याउने भनेर निर्णय गरिएको ‘सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’ छ । चौथोपटक सिंहदरबार ‘इनिङ’ गर्दैगर्दा प्रधानमन्त्री देउवाले पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय सदाचार नीति’ ल्याउने फाइलमा हस्ताक्षर गरेका थिए । […]

प्याब्सनद्वारा बजेटमा बालबालिका समेट्न भद्रपुर नगरपालिकासँग माग

Published: in राजनीति, शिक्षा, समाज by . Leave a Comment on प्याब्सनद्वारा बजेटमा बालबालिका समेट्न भद्रपुर नगरपालिकासँग माग.

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भद्रपुरले निजी विद्यालयका बालबालिकालाई पनि आसन्न बजेटमार्फत सम्बोधन गर्न नगरपालिकासँग माग गरेको छ । प्याब्सनका नगर समिति अध्यक्ष रत्नबहादुर गिरीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई मागपत्र बुझाएको हो । मागपत्रमा विगतका सरकारले जस्तो निजी विद्यालयका बाल बालिकालाई बेवास्ता नगर्न सुझाव समेत दिइएको छ […]

बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ.

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले पुष्टि गरेका छन् । बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै […]

नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन

Published: in राजनीति by . Leave a Comment on नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन.

काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्। लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नगर्न निवेदन दिएका हुन्। ‘दुइटा निवेदन आएका छन्। आयोगले पार्टी दर्ताको निवेदन र […]

सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै.

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन । सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित […]

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी.

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन […]

बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटियाका बारेमा केही दिनदेखि भइरहेको दबाव आन्दोलन एवम् मागबारे उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई […]

जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित.

झापा । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनाेनयन दर्ताको लागि निर्वाचन तालिका ताेकिएकाे थियाे । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल दमक र उपप्रमुखमा शान्ता रोक्का बिर्तामोडले नेकपा एमालेकाे तर्फबाट मनाेनयन दर्ता गराए । […]