Sajhamanch Archive

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैनः मन्त्री आले

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैनः मन्त्री आले.

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको दाबी गरेका छन । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताउ । उनले भने, […]

‘एसपीपीमा संलग्न नहुने औपचारिक जानकारी अमेरिकालाई देउ’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एसपीपीमा संलग्न नहुने औपचारिक जानकारी अमेरिकालाई देउ’.

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल […]

एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति.

काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्प पत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार […]

कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गौतम

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गौतम.

काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको जिकिर गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन […]

कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ.

झापा । साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ पाउने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन ६० रुपैयाँ पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो । गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले कैदीबन्दीको रासनभत्तामा ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । ‘अर्थ […]

‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो’ : स्थायी कमिटी सदस्य खरेल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो’ : स्थायी कमिटी सदस्य खरेल.

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले ओली नेतृत्वको सरकारले एसपीपी सम्बन्धमा २०१९ मा कार्यदल नै बनाएको जानकारी गराउँदै कुटनीतिक दृष्टिले कार्यदल बनाउनु भनेकै अस्वीकार गर्नु हो भन्ने प्रष्ट्याएका छन् । एमाले नेता खरेलले आज झापामा पत्रकारहरुसँग कुराकानी गर्दै भनेका छन् ‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो, यस्तो सम्झौताले जनताको […]

‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन’ : मन्त्री कोइरालाले

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन’ : मन्त्री कोइरालाले.

काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा नागरिकता पाउँछ, […]

महिला र बालिका कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on महिला र बालिका कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ.

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। अर्काको घरभित्र गएर मन्त्री […]

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

Published: in राजनीति by . Leave a Comment on एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख.

झापा । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट […]

विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन.

विराटनगर । विराटनगर– ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडि केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् । उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था […]