Sajhamanch Archive

‘बिर्तामोडका समस्या के के हुन्’ सरोकारावालाबाट सुन्दै नगरपालिका

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on ‘बिर्तामोडका समस्या के के हुन्’ सरोकारावालाबाट सुन्दै नगरपालिका.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका सरोकारवाला कार्यालय तथा संघ–संस्थाका प्रमुखहरुसँग आज शुक्रबार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडका समस्या के के हुन् र समाधानका लागि के कस्ता उपाय हुन सक्छन् भनी छलफल गरेका हुन् । उक्त अन्तरसंवादमा नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख […]

बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ निःशुल्क पढाउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ निःशुल्क पढाउने.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क पढाउने निर्णय गरेको छ । शुक्रबार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिएका हुन् । बाह्रदशीमा १६ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये ३ वटा विद्यालयमा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नं. ३ […]

कमल ३ का निवर्तमान जनप्रतिनिधिलाई विदाई

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on कमल ३ का निवर्तमान जनप्रतिनिधिलाई विदाई.

कमल । कमल गाउँपालिका वडा नम्बर ३ का निवर्तमान जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरिएको छ । गाउँपालिकाको ३ नम्बर वडामा कार्यरत कर्मचारीका तर्फबाट निवर्तमान अध्यक्षसहित जनप्रतिनिधिहरुलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष अग्निप्रसाद कोइराला तथा कर्मचारीको टिमले निवर्तमान जनप्रतिनिधिहरुलाई टिका, माला, पुष्पगुच्छासहित मायाको चिनो प्रदान गरी विदाई गरेका हुन् । विदाई […]

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन.

झापा । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । […]

एमालेले भन्योः पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेले भन्योः पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त.

काठमाडौं । मूल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वमाथिको प्रस्तावमा छलफल जारी छ । छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन […]

झापाका १३ पालिकामा कार्यपालिका गठन, जिसस यसै साता गठन हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाका १३ पालिकामा कार्यपालिका गठन, जिसस यसै साता गठन हुने.

झापा । स्थानीय तह निर्वाचनअन्तर्गत झापा जिल्लाका १३ वटा पालिकामा कार्यपालिकाले पूर्णता पाएका छन् । अब दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा निर्वाचन हुन बाँकी रहेकोले कार्यपालिका गठन भइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार मेचीनगर, बिर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर र […]

कांग्रेसकै कारण झापामा आफ्ना उम्मेदवार हारेको माओवादी केन्द्रको निष्कर्ष

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसकै कारण झापामा आफ्ना उम्मेदवार हारेको माओवादी केन्द्रको निष्कर्ष.

झापा । नेपाली कांग्रेसको अन्तर्घातकै कारण स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको नेकपा माओवादी केन्द्रको बिर्तामोड नगर कमिटीले निष्कर्ष निकालेको छ । गठबन्धन भएका झापा जिल्लाका ११ पालिकामध्ये विशेषगरी बिर्तामोडमा कांग्रेसले माओवादी गठबन्धनका उम्मेदवारहरूलाई बढी अन्तर्घात गरेको कमिटीको ठम्याइ हो । साथै माओवादीकै कार्यकर्ताहरूले पनि अन्तर्घात गरेकाले कारबाही गर्नुपर्ने सुझाव समेत आएको जनाइएको छ । स्थानीय […]

अलोकतान्त्रिक अभ्यास : सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on अलोकतान्त्रिक अभ्यास : सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस.

लोकतन्त्रको ‘हिमायती’ नेपाली कांग्रेस संसदीय अभ्यासमा चुक्दै मात्रै आएको छैन, अलोकतान्त्रिक कदमलाई पनि सघाउँदै आएको छ। २०७४ सालको प्रतिनिधि सभानिर्वाचनपछि नेपाली कांग्रेसका सांसद भरतकुमार शाह संसद्को सार्वजनिक लेखा समिति सभापति चुनिए। संसद्का सबै समितिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा गरेको भए पनि लेखा समिति प्रमुख प्रतिपक्षी दलको नाताले कांग्रेसको भागमा पर्‍यो। लेखा समिति गठन […]

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग.

काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको अवगत गराउँदै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकारले परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए। ‘संविधानमा ५ वर्ष भनेर लेखेको छ । […]

इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनले अहिलेको बजेटले जनताको जीवनमा परिवर्तन गर्न नसक्ने बताएका छन् । यो बजेट देशमा अहिले देखिएको आर्थिक संकट तथा मूल्यवृद्धिलाई रोक्नेतर्फ उन्मुख नरहेको लिङ्देनको दावी छ । ‘बजेट केवल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर यो बजेट ल्याइएको छ,’ आर्थिक वर्ष २०७९÷८० को बजेट […]