Sajhamanch Archive

प्रदेश–१ मा दैनिक ४०० भन्दा कम कोरोना संक्रमित

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश–१ मा दैनिक ४०० भन्दा कम कोरोना संक्रमित.

विराटनगर । प्रदेश नम्बर–१ मा दैनिक कोरोना संक्रमणको संख्या ४०० भन्दा कम हुन थालेको छ । संक्रमित थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो । बुधबार एक हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकाका थिए । जसमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन् । […]

प्रदेश १ मा १,२८१ संक्रमण मुक्त, ३९४ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १,२८१ संक्रमण मुक्त, ३९४ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका […]

गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्र छलफल सुरु हुने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्र छलफल सुरु हुने.

पोखरा । शनिबार गठित नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेतृत्वको चार दलीय गठबन्धन सरकारले ४ गते विश्वासको मत लिने भएको छ । सरकारका तर्फबाट मुख्यमन्त्री आफैले मंगलबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल त्यसपछि मात्र सुरु हुने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै […]

प्रदेश १ सरकारले निजामती कर्मचारीलाई खाजा खर्च दिने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारले निजामती कर्मचारीलाई खाजा खर्च दिने.

विराटनागर । प्रदेश नम्बर १ सरकारले निजामती कर्मचारीहरूलाई खाजा खर्च दिने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् । कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उनले बताए […]

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड.

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ […]

प्रदेश १ मा आज ५५७ जना संक्रमण मुक्त, ३८५ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज ५५७ जना संक्रमण मुक्त, ३८५ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, […]

सातवटै प्रदेश सरकारको आज बजेट सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सातवटै प्रदेश सरकारको आज बजेट सार्वजनिक.

काठमाण्डौ  ।  आज आर्थिक वर्ष २०७८/७९ को बजेट सातवटै प्रदेश सरकारले सार्वजनिक गर्ने भएका छन् । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले सात प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब रुपैयाँका लागि चार किसिमको […]

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका ७ सदस्य निलम्बन

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका ७ सदस्य निलम्बन.

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमका संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गरेको छ । सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए । ओली पक्षका सांसदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए । एमाले संसदीय दलको ह्विप उल्लंघन […]

प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमण मुक्त

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमण मुक्त.

विराटनगर । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र […]

राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य थापाको पद खारेज

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य थापाको पद खारेज.

काठमाण्डौ । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाको पद खारेज भएको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।