विराटनगर । प्रदेश १ सरकारले सासु-बुहारी सम्मानको नीति बनाएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले सासु–बुहारी सम्मान तथा पुरस्कारको नीति बनाएको हो । ज्येष्ठ नागरिकका लागि प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको सरकारले ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचारसँगै दुर्गम भेगमा रहेर समाजमा योगदान पुर्याएका आमालाई […]
विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री […]
जनकपुरधाम । प्रदेश नं.२ सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा […]
काठमाण्डौ । आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज वाग्मती प्रदेश सरकारले सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी […]
जनकपुरधाम। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा छन् । उनीहरूलाई बुधबार नै […]
विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारलाई खोप खरिदका लागि अनुमति दिन संघीय सरकारसँग आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने आवश्यकता दर्शाउँदै उनले यदि खरिद गर्न नसक्ने हो भने प्रदेश सरकारलाई खरिदको अनुमति दिन उनको आग्रह छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल […]
काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले शपथ लिएका छन् । बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए । उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।
जनकपुरधाम । प्रदेश नं.२ मा सत्ता सहकार्यको लागि विपक्षी र सत्तारुढ दलका नेताबीचको बैठक सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउत र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवनमा बैठक बसेको हो । मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता यादवबीच मन्त्रालय बाँडफाँडको विषयमा छलफल भइरहेको जनाइएको छ । […]