Sajhamanch Archive

मंगलबार देशभर ५६ हजार भन्दा बढीले लगाए खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मंगलबार देशभर ५६ हजार भन्दा बढीले लगाए खोप.

काठमाडौं । भेरोसेल खोपको पहिलो डोज लगाउने अभियानको पहिलो दिन देशभर ५६ हजार ७४० जनाले खोप लगाएका छन् । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो डोज लगाएका हुन् । मंगलबार प्रदेश १ मा ३ हजार ३८० जना, प्रदेश २ मा ४८५, वाग्मतीमा २७ हजार ५५३, गण्डकीमा ३ हजार ६११, लुम्बिनीमा १७ हजार १७९, […]

कर्णाली प्रदेशले सभा बैठक बोलायो

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on कर्णाली प्रदेशले सभा बैठक बोलायो.

काठमाडौं । पटक पटकको अवरुद्धपछि कर्णाली प्रदेशले सभा बैठक बुधबारको लागि पनि बोलाएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक […]

प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमण मुक्त

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमण मुक्त.

विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा […]

प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अवरुद्ध

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अवरुद्ध.

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसदहरुले नै अवरुद्ध गरेका छन् । मंगलबारको बैठक तीन प्रतिपक्षी दलका सांसदले अवरुद्ध गरेका छन् । प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा ससर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेका हुन् । सभामुख सरोज यादवले प्रदेशसभा […]

सुदूरपश्चिम प्रदेश सरकार निरन्तर चल्ने भोः मुख्य मन्त्री भट्टको पक्षमा ३० मत

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुदूरपश्चिम प्रदेश सरकार निरन्तर चल्ने भोः मुख्य मन्त्री भट्टको पक्षमा ३० मत.

सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उनको पक्षमा बहुमत पुगेको हो । आज प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ। विपक्षमा ९ मत खसेको हो । १२ जना […]

प्रदेश १ सहित अन्य केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सहित अन्य केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना.

काठमाण्डौ । प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन। निरन्तर लामो समयसम्म आज पानी […]

प्रदेश १ मा ७३३ संक्रमणमुक्त, ५४० संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७३३ संक्रमणमुक्त, ५४० संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ७३३ जना कोराना संक्रमणमुक्त भएका छन् । ३०० महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ । प्रदेश १ मा आज ५४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, […]

नेपाली राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिमा देखिएको कोभिडले कसैलाई बाँकी नराखेको बताएका छन् । सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राजनीतिक कोभिडले नेकपालाई निलेको टिप्पणी गर्दै कसैलाई बाँकी नराखेको जिकिर गरे । उनले भने, ‘कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर, त्यो राजनीतिक कोभिड […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने.

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए। सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा […]

प्रदेश १ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु.

काठमाण्डौ । प्रदेश नं.१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। आर्थिक कार्यविधि ऐनअनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भए पनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्। गतको बिहीवार बसेको मन्त्रिपरिषद् […]