काठमाण्डौ । प्रदेश २ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाएका छन् । जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, […]
विराटनगर । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, […]
विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु […]
काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसकातर्फबाट मन्त्री बनेका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रेष्ठलाई जलश्रोत तथा उर्जा विकास र बिसीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । कांग्रेस कणाली प्रदेशबाट सरकारमा सहभागी भएको हो […]
सुर्खेत । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा थपिएका दुईजना मन्त्रीको शपथ दिउँसो दुई बजे हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै हिजो बेलुकी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको र उनीहरुको शपथ ग्रहण दिउँसो […]
विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ को आज सम्पन्न दोस्रो पूर्ण बैठकले कोभिड–१९ संक्रमण भई अस्पताल बसेर उपचार गराउनु परेका पत्रकारहरुका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश १ को भूगोलमा बसेर पत्रकारिता गरिरहेका तथा कोभिड–१९ संक्रमणका कारण […]
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, […]
विराटनगर । प्रदेश १ नेपाली कांग्रेसकी सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते छन् । विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ । गम्भीर घाइते […]
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसमी प्रणालीमा अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने जल तथा […]
विराटनगर । प्रदेश १ को आठौं तथा बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेश […]