विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकूलतालाई अनुकूलतामा बदल्न आवश्यक रहेको औंल्याएकी छन् । कोरोना संक्रमणको समयमा जिल्लास्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । प्रदेश १ का स्थानीय तहका प्रमुख उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग आज गरिएको भर्चुअल बैठकमा कोरोना संक्रमण सकिएपछि जिल्ला […]
विाटनगर । प्रदेश १ मा आज एक हजार २९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्म कै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५६ […]
पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री गुरुङले यसअघिकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारजनालाई शपथ खुवाएकी हुन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै थप तीन मन्त्रीले शपथग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् । […]
काठमाडौ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले सोमबार (आज) पद तथा गोपनीयतको शपथ लिएका छन् । सोमबार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसद विन्दमान विष्टलाई पनि मन्त्री बनाएका थिए । तर, आन्तरिक […]
काठमाडौं । लुम्बिनी प्रदेश चार मन्त्रीको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश सुवेदीको इजलासमा परेको हो । पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बहुमतले सन्तोषकुमार पाण्डेय, […]
बिराटनगर । कोरोना संक्रमणको दर बढेसँगै अहिले अन्य प्रदेशका कोभिड विषेश अस्पतालमा अक्सिजनको चरम अभाव छ । गम्भीर प्रकारका संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभावले राजधानीसहित देशका विभिन्न अस्पतालमा बिरामीले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरी र मोरङबाट अक्सिजन आपूर्ति हुन थालेको छ । अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने गम्भीर बिरामीहरुको उपचारलाई प्रदेश १ का उद्योगहरूले अक्सिजन […]
जनकपुरधाम । कोरोना संक्रमणको उच्च जोखिमको कारण प्रदेश नम्बर–२ का सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । भारतसँग सीमा जोडिएको प्रदेश–२ मा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नियन्त्रण तथा रोकथामका लागि आठै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । भारतमा नयाँ भेरियन्टको संक्रमण उच्च रहेको र खुला सिमानाका कारण यहाँ पनि त्यसको असर परेको भन्दै […]
काठमाडौं । ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा नेपाली कांग्रेसले प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको हो । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । जेठ २ गते बिहान […]
झापा । प्रदेश १ प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ । गएराति सामाजिक सञ्जाल फेसबुकामा उनले आमाको देहावसानबारे लेखेका छन्, ‘हाम्री माताले विश्राम लिनुभयो । २०७८/२/१ गते साँझ १०ः१५ बजे । बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा श्रद्धेय आमाको निधन भयो । आमाप्रति श्रद्धाञ्जली ।’ कोरोना संक्रमणकै कारण नेकपा एमाले इलामका […]
विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनपालथान […]