Sajhamanch Archive

संखुवासभा जीप दुर्घटना : अझै भेटिएन बेपत्ताको शव, गोताखोरको टोलीले खोजी गर्दै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संखुवासभा जीप दुर्घटना : अझै भेटिएन बेपत्ताको शव, गोताखोरको टोलीले खोजी गर्दै.

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं.८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको काठमाण्डौबाट आएको तालिम प्राप्त गोताखोरको टोलीले खोजी गरिरहेको छ । बिहीबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि आज बिहान ८ बजे देखि टोलीले फेरि खोजी कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बलका विपद उद्धार गढको दक्ष प्राविधिक टोलीका वरिष्ठ हवल्दार […]

झापामा जङ्गली च्याउ खाँदा परिवारका सबै बिरामी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा जङ्गली च्याउ खाँदा परिवारका सबै बिरामी.

झापा । जङ्गली च्याउ खाँदा झापामा परिवारका सबै बिरामी भएका छन् । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना हुनु परेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय […]

बाढीले प्रदेश १ मा एकको मृत्यु, १२ घर डुबानमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढीले प्रदेश १ मा एकको मृत्यु, १२ घर डुबानमा.

उदयपुर । दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी प्रदेश १ का एकजनाको मृत्यु भएको छ भने १२ घर डुबानमा परेका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार संखुवासभाको मकालु गाउँपालिका ६ बस्ने वर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको हो। उनका […]

प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने.

 विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा राखिने भएको छ । तीन दिने कार्यतालिका बनाएको प्रदेश सरकारले पहिलो दिन बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय भण्डा राख्ने भएको हो । बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राख्नेछन् । प्रदेश १ का आन्तरिक मामिला […]

प्रदेश १ ले बनायो ४१ कानून, अधिवेशनको अन्त्यको तयारी

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ ले बनायो ४१ कानून, अधिवेशनको अन्त्यको तयारी.

विराटनगर । प्रदेश १ को प्रदेशसभाले हासम्म ४१ वटा कानुन निर्माण गरेको छ । त्यसमध्ये अहिलेसम्म प्रदेश प्रमुखबाट प्रमाणीकरण भई ३८ वटाले कानूनको रुप लिएका छन् । प्रदेशसभामा अहिले तेस्रो अधिवेशन सञ्चालन भइरहेको छ । यो अधिवेशनबाट प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माणसम्बन्धी, सहकारीसम्बन्धी, स्वायत्त संस्था गठनसम्बन्धी विधेयक पारित भएको छ […]

पाँचथरमा एक व्यक्तिले गरे आत्महत्या

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा एक व्यक्तिले गरे आत्महत्या.

पाँचथर। पाँचथरमा ५५ वर्षीय एक मानिसले आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैंले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । बुधबार बिहान साँढे ९ बजेको समयमा आफैं सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको भन्ने सूचना पाएलगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत […]

वडाध्यक्षकै पहलमा थाक्लेमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on वडाध्यक्षकै पहलमा थाक्लेमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति.

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको छ । फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको १५ लाख रुपैयाँको लागतमा अहिले निर्माणस्थल सम्याउने काम भएको छ । झण्डै ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको […]

वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोज्यो: देउवा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोज्यो: देउवा.

विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् । मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई समाप्त गरी कम्युनिस्ट शासन प्रणालीको उदय गराउन सरकार उद्यत रहेको जिकिर गरे । कम्युनिस्ट सरकार खराब नभएपनि उसले ल्याउन चाहेको कम्युनिस्ट शासन व्यवस्था भने ठीक नभएको देउवाको भनाइ […]

नेकपाको शपथ समारोहमा नेता कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको शपथ समारोहमा नेता कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज.

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को शपथ ग्रहण समारोहमा झडप भएको छ । महोत्तरीको बर्दिबासमा आयोजित शपथ ग्रहण समारोहमा झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुसँग काखा पाखा गरेर आफ्नो आसेपासेलाई प्राथमिकता दिएर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्ट पक्षहरुले शपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो । असन्तुष्ट नेता कार्यकर्ताको […]

झापाको ईटाभट्टामा बस पल्टिँदा नौ जना घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापाको ईटाभट्टामा बस पल्टिँदा नौ जना घाइते.

मेचीनगर  ।  झापाको मेचीनगर नगरपालिका वडा नं.७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको […]