Sajhamanch Archive

खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो.

 मोरङ । सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५४० हेक्टरमा सीमित भएको हो । घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन कार्यालय मोरङका प्रमुख विशाल […]

भोजपुरमा एनसेलको टावरमा आगजनी

Published: in प्रदेश तह, समाज by . Leave a Comment on भोजपुरमा एनसेलको टावरमा आगजनी.

भोजपुरको रामप्रसाद राई गाउँपालिका –१ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ । एनसेलको टावरमा रहेको ५ वटा सोलार प्यानल तोडफोड गर्नुका साथै एक थान इन्जिनसमेत जलाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए । आगो कसले र किन लगायो भन्नेबारे केही जानकारी आएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पथरीमा एनसेल टावरमा आगजनी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पथरीमा एनसेल टावरमा आगजनी.

विराटनगर।अज्ञात समूहले मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका–६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी गरेको हो । आजगजनीका कारण टावरमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजुले जानकारी दिए । उनका अनुसार अगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन् । प्रतिबन्धित नेत्र विक्रम समूहले टावरमा […]

मोबाइल चार्जमा राखेर गेम खेलिरहेका किशोरको करेन्ट लागेर मृत्यु

Published: in प्रदेश तह, समाज by . Leave a Comment on मोबाइल चार्जमा राखेर गेम खेलिरहेका किशोरको करेन्ट लागेर मृत्यु.

मोबाइल चार्जमा राखेर गेम खेलिरहेका एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार राति मोबाइल चार्ज गरेर गेम खेलिरहेका मोरङको लेटाङ नगरपालिका–३ त्रिशुली चोकका १५ वर्षीय शौजन राईको मृत्यु भएको हो । मोबाइलमा गेम खेलिरहेको अवस्थामा राईलाई राति करिब १ बजे करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राईको घटनास्थलमै मृत्यु भएको […]

५० घण्टापछि जंगलमा भेटिइन् बालिका

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५० घण्टापछि जंगलमा भेटिइन् बालिका.

ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ । उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन […]

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जंगली च्याउ खाँदा एक जनाको मृत्यु.

जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा ४८ बर्षीया सुनिता चेम्जोङको मृत्यु भएको फाल्गुनन्द–५, का वडा अध्यक्ष अबिन्द्र चेम्जोङले बताए । साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएपछि सुनिता र उनकी सासुआमा सन्तमाया चेम्जोङ बिरामी परेका थिए । बिरामी परेकी सुनिताको बिराटनगरस्थित नर्सिङहोम अस्पतालमा उपचारको क्रममा […]

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै.

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक […]

भरुवा बन्दुकसहित दुई जना पक्राउ

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भरुवा बन्दुकसहित दुई जना पक्राउ.

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका-५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहत पक्राउ परेका हुन् । उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका […]

सुकेटार विमानस्थलमा महिना दिन अघिदेखि उडान बन्द

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुकेटार विमानस्थलमा महिना दिन अघिदेखि उडान बन्द.

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिना अघिदेखि उडान बन्द भएको छ । साताको दुई दिन सञ्चालन हुदै आएको एकमात्र नेपाल वायुसेवा निगमको उडान मौसमका कारपण एक महिना अघिदेखि बन्द भएको हो । गएको जेठ महिना सम्म साताको दुई दिन नियमित उडान हुदै आएको नेपाल वायुसेवा निगमको उडान बर्खा मौसम संगै जेठको अन्तिम बुधबार अर्थात २९ […]

मोरङका नदीखोलामा जलस्तर बढेकाले सतर्क रहन आयो आग्रह

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङका नदीखोलामा जलस्तर बढेकाले सतर्क रहन आयो आग्रह.

विराटनगर। आज बिहानैदेखि सुरु भएको वर्षासँगै पूर्वका नदीखोलामा जलस्तर बढेको छ । बिहान १० बजेसम्म मोरङको सुन्दरहरैंचा–१ स्थित स्वचालित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेको जलवायु कार्यालयले जनाएको छ । लोहन्द्रा, सिंघियालगायत ससाना खोला खतरा तहदेखि अझ माथि आउन सक्ने भएकोले आसपासको क्षेत्रमा बाढी आउन सक्ने कार्यालयले जनाएको […]