Sajhamanch Archive

खोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला.

पाँचथर । पाँचथरमा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । विद्यालय हिँडेका मिक्लाजुङ गाँउपालिका वडा नं. ४ का ९ वर्षीय दिवन राईको शव दुई दिनपछि आज फेला परेको प्रहरीले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका वडा नं.४ का लोकबहादुर राईका ९ वर्षीय छोरा दिवन राई खोला तर्ने क्रममा बगेर बेपत्ता भएका […]

भारतले बन्द गर्‍यो कोशी ब्यारेजका २६ ढोका

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on भारतले बन्द गर्‍यो कोशी ब्यारेजका २६ ढोका.

सप्तरी । पानीको सतह घटेको भन्दै भारतीय पक्षले कोशी ब्यारेजका आधाजसो ढोका पुनः बन्द गरेको छ । गएराति सबै ५६ वटा ढोका खोलिएकोमा आज मध्याह्नसम्म आइपुग्दा २६ वटा ढोका भारतीय पक्षले बन्द गरिसकेको छ । ३० वटा ढोका खुला छन् । यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि पानीको सतह घटेकाले ढोका खोल्नु र […]

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको स‌ंख्या ‍५० पुग्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on बाढी र पहिरोमा परी ज्यान गुमाउनेको स‌ंख्या ‍५० पुग्यो.

काठमाण्डौ । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा ५० जनाको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएका छन् । उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् । […]

प्रदेश -१ मा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश -१ मा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो.

विराटनगर । पाँच दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश एकमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढीपहिरोमा परी अझै ४ जना बेपत्ता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृत्यु हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका वडा नं.७ का ६६ वर्षीया जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका वडा नं. […]

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुग्यो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुग्यो.

काठमाडौं । लगातार वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाउने र वेपत्ता हुनेको संख्या थपिन थालेको छ । बाढी र पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने १४ जना हराइरहेको प्रहरीले जानकारी दिएको छ । बाढी पहिरोका कारण अहिलेसम्म ६ हजार बढी विस्थापित भइसकेको जनाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको […]

ताप्लेजुङमा ठूलो परिमाणमा हतियार संकलन

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on ताप्लेजुङमा ठूलो परिमाणमा हतियार संकलन.

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले चार महिनाको अवधिमा ठूलो परिमाणमा हतियार संकलन गरेको छ । गृह मन्त्रालयले चैत्र १ गतेदेखि सुरु गरेको हातहतियार संकलन अभियान अन्तर्गत अहिलेसम्ममा २ सय ६६ वटा विभिन्न खाले हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए । देशका ७७ ओटा जिल्लामध्ये ताप्लेजुङमा सबैभन्दा धेरै हातहतियार संकलन […]

सप्तकोशीका ३२ ढोका खोलिए

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on सप्तकोशीका ३२ ढोका खोलिए.

सुनसरी । तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ। पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ। आज बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ। ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्। […]

सहयोगको अपिल गर्दै, चौहान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सहयोगको अपिल गर्दै, चौहान.

बिर्तामोड । ईलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् । गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो […]

डुबानमा विराटनगर, बाजुरामा पहिरो

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डुबानमा विराटनगर, बाजुरामा पहिरो.

काठमाडौं ।  लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी […]

सप्तकोशीमा पानीको बहाव बढ्दै‌

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on सप्तकोशीमा पानीको बहाव बढ्दै‌.

धरान ।  केही दिनदेखि लगातार परेको बर्षाले सप्तकोशी नदीको बहाव बढेको छ । आज विहान ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीको पानीको बहाव ९९ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड रहेको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।पूर्वी पहाडी भेगमा निरन्तर बर्षा भए पछि सप्तकोaशी नदीको बहाव बढ्दै गएको हो । मंगलबारदेखि पूर्वमा निरन्तर […]