Sajhamanch Archive

आगलागी हुँदा रु ८० लाख बराबरको क्षति

Published: in प्रदेश तह, समाज by . Leave a Comment on आगलागी हुँदा रु ८० लाख बराबरको क्षति.

मोरङ । मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको […]

प्रदेश १ का १४ जिल्लामा १७ प्रतिशत रोपाइँ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ का १४ जिल्लामा १७ प्रतिशत रोपाइँ.

विराटनगर । प्रदेश १ का तीन जिल्ला झापा मोरङ सुनसरी धान उत्पादनको उर्भर क्षेत्र हुन् । समयमा नै वर्षा नहुँदा उर्भर क्षेत्रमा धान रोपाइँ गर्न ढिलो भएको छ । मानो रोपेर मुरी उब्जाउने समयमा तीन जिल्लामा रोपाइँ प्रगति न्यून छ । झापामा २२ प्रतिशत, मोरङमा १७ प्रतिशत र सुनसरीमा १३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको […]

आफ्नै लिङ्ग काटेर दुई टुक्रा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आफ्नै लिङ्ग काटेर दुई टुक्रा.

विराटनगर । मोरङको लेटाङ नगरपालिकाका एक युवकले अचम्मित र आङ्गै सिरिङ हुने घटना घटाएका छन् । मोरङको लेटाङ नगरपालिका वडा नं.३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका छन् । तरकारी काट्ने चक्कुले लिङ्ग छिनाएपछि गम्भीर बनेका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरेका छन् […]

झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु.

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोगमा खोज पत्रकारिता सम्बन्धी तीन दिने तालिम आजबाट बिर्तामोडमा शुरु भएको छ । नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले गरेका थिए । तालिम उद्घाटन […]

चट्याङले लग्यो चार जनाको ज्यान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङले लग्यो चार जनाको ज्यान.

विराटनगर । एक नम्बर प्रदेशका ४ छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बुधबार दिउँसो पौने ३ बजे मोरङको रङगेली नगरपालिका वडा नं.९ दोहमना बजार छेउमा चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनील ऋषिदेव गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई […]

पाँचथरको तिङदेन बजारमा आगलागी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरको तिङदेन बजारमा आगलागी.

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं.४ स्थित तिङदेन बजारमा आज बिहान आगलागी भएको छ ।आगलागीबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको […]

विप्लवका कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा लगाए आगो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा लगाए आगो.

कालिकोट । विप्लव समूहका कार्यकर्ताले कालिकोटको नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै आगजनी गरेका हुन्। बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका छन् । नरहरिनाथ गाउँपालिकाको वडा नं.६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन् । विप्लव […]

मोटसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु.

 झापा। मोटसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १ पोखिरया बस्ने ६६ वर्षीया सुभद्रा भट्टराईको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० माइधारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदलयात्री भट्टराईलाई सोमबार बिहान ठक्कर दिएको […]

इलामका ५२ चिया कारखाना बन्द

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलामका ५२ चिया कारखाना बन्द.

 इलाम । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गरेर चिया उत्पादन कार्य रोकेका छन् । चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले एकलौटी रुपमा निर्णय गर्दै हरियोपत्तिको मूल्य निर्धारण गरिदिएको भन्दै ती उद्योग बन्द गरिएका हुन् । नगरपालिकाले तोकिदिएको हरियोपत्तिको न्यूनतम मूल्य […]

प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !.

झापा । गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो । नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले […]