शिवसताक्षी । झापा र इलाममा जोडिएको गैंडे सामुदायिक वन उपभोक्ता समूहको २६औ वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष थपलियाले वन समूहका सदस्य परिवारलाई शव जलाउन निःशुल्क दाउरा प्रदान गर्ने कार्यक्रम सुनाएका छन् । गरिव परिवारका लागि बीमा कार्यक्रम, गम्भिर प्रकृतिका रोगीहरुका लागि आर्थिक सहयोगदेखि खोलामा […]
झापा । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का ६ जना सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मातृभाषमा सपथ लिने सांसदहरुमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका […]
विराटनगर । प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ । ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सीङ’ तारबार लगाउने कार्य अगाडि बढेको हो । पहिलो चरणमा नगरको १५ किमि फेन्सीङ […]
झापा । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलगरूपमा प्रतिवेदन बुझाएको […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ । संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका ५४ सेवा केन्द्रहरुमा उपएकाइगत साधारणसभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरण सभा गरेको हो । प्रदेश १ का भूमि व्यवस्था, […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा आज स्वर्ण महोत्सव समुद्घाटन गरिएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो । विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित […]
भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति भद्रपुरको १०औं अधिवेशनबाट अध्यक्षमा लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३० मत प्राप्त गरेका थिए भने भट्टराईले ८४ मतमा रोकिनु परेको छ । यसैगरी उपाध्यक्षमा १३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए […]
झापा । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ कमिटीको शनिबार सम्पन्न अधिवेशनबाट झापाका रोशन दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को सचिवको जिम्मेवारीमा रहेका दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको झापा अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनी झापा शाखाको १ कार्यकाल सदस्य, १ कार्यकाल सचिव भइसकेका र तोकिएको […]