झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि एमालेकै सहयोगमा काँग्रेस उम्मेदवार कृष्ण सिटौलालाई हराउँदै सांसद बनेका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट […]
भद्रपुर । झापा क्षेत्र नम्वर ३ अन्तरगत प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार छविलाल चुडाल निर्वाचित भएका छन् । एमाले उम्मेदवार चुडालले माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीलाई ४,९६९ मत अन्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयले दिएको विवरण अनुसार चुडालले १७ हजार ५५५ मत प्राप्त गरेका छन् भने राजवंशीले १२ हजार ५८६ मत पाएका […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेले अग्रता बढाएका छन् । नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले ७४० मतान्तरले अग्रता लिएका हुन् । गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेद्वार झलक बहादुर मगरलाई पछि पार्दै खनालले अग्रता कायम गरेका हुन् । क्षेत्र नं. ४ (क) मा हालसम्म १६५९७ मत गणना भईसकेको छ । जसमा नेकपा […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका […]
भद्रपुर। दोस्रो पटकको प्रयासमा झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २०७४ को आम निर्वाचनमा उनी एमालेका बसन्त बानियाँसँग पराजित भएका थिए भने अहिले राजवंशीले बानियाँलाई हराएका हुन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले […]
झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले १८ […]
झापा जिल्ला क्षेत्र नं. २ (२) प्रदेशसभा सदस्यतर्फः चिन्तन पाठक (सूर्य) : ७,३३९ ll खगेन्द्र मैनाली (रुख) : ५,४७३
झापा । बाह्रदशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले आज सामुहिक राजीनामा दिएका छन् । निर्वाचनको मिति नजिक आइरहेको बेला ठूलो संख्यामा माओवादीका नेता कार्यकर्ताले दिएको सामुहिक राजीनामाले गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । जनयुद्धकालदेखि सक्रिय नेता कार्यकर्ताहरुले माओबादीले गन्तब्य र सिद्धान्त भुलेर कांग्रेससँग गठबन्धन गरेर अघि बढेको कारण सामुहिक […]
झापा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) प्रदेश नम्बर १ को संयोजकमा झापाका निवर्तमान अध्यक्ष मोहनप्रसाद ओली सर्वसम्मत चयन भएका छन् । झापाको दमकमा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । एनसिई प्रदेश १ को सहसंयोजकमा मोरङका विनोद भण्डारी, सचिवमा मोरङकै पर्शुराम निरौला, कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्वसम्मत चयन भएका […]
दमक । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङसहित २३३ जनाले एकैसाथ सो पार्टी छाडेका छन्। आज बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी छाड्नेमा विभिन्न जनवर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेको चामलिङले जानकारी दिए । दलहरूको सिद्धान्त र व्यवहार […]