झापा क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनु भएका नेकपा एमालेका युवा नेता छविलाल चूडाल ४० वर्षको हुनुभयो । बुबा हरिप्रसाद चुडाल र आमा कृतिकुमारी चुडालको तीन सन्तान मध्ये कान्छो छोराको रुपमा २०३९ साल फागुन ११ गते छविलालको जन्म भएको हो । हालको हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोकमा उहाँको जन्म […]
बिर्तामोड । बैंकहरुको व्याजवृद्धिले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताएका छन् । बिर्तामोडमा उधोगी व्यवसायीहरुले आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले बैंकहरुका कारण आफूहरु पलायन हुने अवस्था आएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको घोषित आन्दोलन बारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकहरुको व्याजले निजी क्षेत्र जोखिममा परेको बताए । कोरोना महामारीले थलिएको नीजि […]
मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘१’ का उम्मेद्वार गोपाल तामाङ समक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग […]
झापा । प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक निधनको शोक व्यक्त गर्दै भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । निमित्त प्रदेश सचिव अर्जुन निरौलाले आज सूचना प्रकाशित गरेर भोलि […]
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १५ कैयाटोलीस्थित टिमाइको पूलमुनि एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। उनी सोही स्थानमा डेरा गरी बस्ने पुण्यप्रसाद चौधरीकी १३ वर्षीया छोरी युना रहेको खुलेको छ । आज बिहान उनको शव पूलमुनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पूलमुनि खोलामा […]
काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले आफूभित्र उपयुक्त पात्र नै नभेटेर उम्मेदवार बनाउन एमालेबाट कार्यकर्ता चोरेको ब्यङ्ग्य गरेका छन् । आज साँझ झापाको सालबारीस्थित सुखानी शहीद स्मृति पार्कमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट रातारात कार्यकर्ता लगेर आफ्नो उम्मेदवार बनाएको टिप्पणी गरेका […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बीमा वापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा पुनः ज्ञापन पत्र बुझाएको छ । गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना बीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम तत्काल उपलब्ध गराउनु भनी फैसला गरे पनि कम्पनीले फैसला कार्यान्वयन गरेको छैन । सोही कारण […]
ताप्लेजुङ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्रअनुसारको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ । जहाँ ८८ हजार २८५ जना मतदाता छन् । अन्य जिल्लामा महिला मतदाता संख्या अधिक हुने भए पनि ताप्लेजुङमा चाहिँ ६ हजार हाराहारी पुरुष […]
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ को कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडा सदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त […]