विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने शब्द हटाउनुपर्ने औंल्याएका छन् । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । रिडेफ नेपाल र प्रदेश सरकारसँगको सहकार्यमा विराटनगरमा आयोजित दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक […]
काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका छन्। सोमबार काठमाडौंमा सुरु भएको एमाले पोलिटब्यूरो बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत उल्लेख गरे। बैठकमा सहभागी एक नेताका अनुसार भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन […]
काठमाडौ, नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। अनौपचारिक रुपमा एमालेमा पुगिसकेका उनी केही औपचारिक कार्यक्रमसहित प्रवेश गर्ने तयारी गरिरहेका बेला मेयर विजय सरावगी एमाले प्रवेश गरेका थिए। सरावगी एमाले प्रवेश गरेपछि सिंहले आफूले त्यहीँ बस्न नसक्ने भन्दै फेसबुकमार्फत् आमजनको धारणा मागेका थिए। जसपाबाट जितेका […]
विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको देउवाको भनाइ थियो। निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको बताउँदै उनले सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र भएको बताए। उनले स्थानीय तहले जनताको […]
काठमाडौ, सत्ता गठबन्धनमा चुनावी तालमेल हुने कि नहुने भन्ने द्विविधा कायम रहेका बेला नेकपा माओवादी केन्द्रले यस विषयमा तीन बुँदे निर्देशन तल्लो तहमा पठाएको छ। सो पार्टीले सकेसम्म एक्लै चुनाव जित्ने नभए अन्य दलसँग मिलेर लड्न तल्लो कमिटीलाई निर्देशन दिएको हो। सत्ता साझेदार नेपाली कांँग्रेसले गठबन्धनको बारेमा निर्णय गर्न ढिलाइ गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले […]
लेटाङ, मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर […]
कनठमाडौ, नेपाली कांँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुसँग सर्तसहित चुनावी तालमेल गर्ने तयारी गरेको छ। वैशाख ३० गते हुने निर्वाचनमा कांँग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न नपाउने सर्तसहित सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने भएको हो। ‘चैत ११ गते हाम्रो केन्द्रीय समिति बैठक बस्दैछ। बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गर्छ,’ […]
सुर्खेत, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पोखरेलले दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दभ्म र अहंकारी शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्। विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामीले यो चुनावमा आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ। आफ्नै शक्तिले पनि हामीले जित्नुपर्ने हुन्छ,’ नेपालले भने, सहकार्य गर्नका लागि सँग–सँगै पनि […]
बिराटनगर, नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा पार्टीलाई फाइदा नहुने बताएका छन् । उनले कम्युनिस्ट क्याडर बेस्ड र कांँग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहजता उत्पन्न उनको भनाइ छ । उनले कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांँग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिने बताए । कम्युनिस्ट पार्टीका मतदाताले कांग्रेसलाई […]