पोखरा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर प्रयास गरेपनि नसकिएको बताएका छन्। माओवादी केन्द्रको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी एकतापछि ओलीलाई रुपान्तरण गर्न प्रयास गरे पनि असफल भएको बताए। आफूहरुले ओलीलाई रुपान्तरण गर्ने प्रयास गरेपनि ओली भने पछिल्लो समय […]
फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने टिप्पणी गरेका छन्। ‘एमालेबाट दुईचार जनाले छोडेर गए केही हुँदैन। ओइलिएका पात झर्न सक्छन्,’ उनले भने, ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्ने छ।’ उनले बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि आफूहरु अर्को चुनाव […]
फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परेको बताएका छन् । उनले एमालेले समय पार्टी नभएको पनि उनको भनाइ थियो । तीन वर्षमा देशको विकास गर्न सकिने रहेछ भन्ने अवस्थामा पुर्याएको उनको जिकिर थियो । इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले विकासका […]
फिक्कल, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम-१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् । ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ […]
काठमाडौ, नेपाली कांँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन् । कांँग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनित गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली […]
फिक्कल, पूर्वप्रधानमन्त्रीसमेत एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ। खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा जनसभा गरिएको हो। एमालेले झलनाथको निर्वाचन क्षेत्रमा हजारौँ नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो। सभामा एमाले दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्। […]
पोखररा, पोखराबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख. ८६२१ नम्बरको बसलाई चेकजाँचका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ […]
काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न […]
काठमाडौं। वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा आजदेखि दरखास्त दिन पाइने भएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड […]
पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्। आइबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् । ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला […]