Sajhamanch Archive

माओबादी अध्यक्ष आउने भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्ष आउने भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन.

पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि पोखरा आउने भएपछि आइतटबारका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक स्थगन भएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दाहालले कार्यकर्ता भेटघाट र प्रशिक्षणलाई तीव्रता दिन थालेका छन् । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि दाहाल देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्। शनिबार […]

झलनाथको निर्वाचन क्षेत्रमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on झलनाथको निर्वाचन क्षेत्रमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओली.

काठमाडौ, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न उनी इलाम जान लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्नेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ […]

प्रदेश १ सरकारद्वारा भलिबल खेलाडीको विदाई

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on प्रदेश १ सरकारद्वारा भलिबल खेलाडीको विदाई.

विराटनगर । धनगढीमा यही चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाई गरेका हुन् । खेलाडीहरुलाई खेल […]

जनकपुरधाममा आज उल्लासका साथ होली मनाइँदै (तस्वीरसहित)

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on जनकपुरधाममा आज उल्लासका साथ होली मनाइँदै (तस्वीरसहित).

जनकपुरधाम, जनकपुरधामसहित आसपासको क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ। अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शनिबार मनाउन लागिएको हो । होलीका लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जयमान बनेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने […]

जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा पूरै तयारीका साथ होमिन जरुरी :अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा पूरै तयारीका साथ होमिन जरुरी :अध्यक्ष दाहाल.

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन्। शनिबार दाहालको सचिवालयले उनको भनाइसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको छ। दानहालले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै तयारी गर्नुपर्ने उल्ल्ख गरेका हुन्। प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी […]

स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन : अध्यक्ष ओली.

काठमाडौं,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने भन्दै गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन केही नभएको प्रष्ट पारे। ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाडो हेरर बसिरहनुभएको छ। त्यसभित्रको त सकिसकेको छ। हामीले भरिदिएको भाडो त सकिसकेको […]

प्रधानमन्त्री देउवाले गरे खिम्ती सबस्टेसनको उद्घाटन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानमन्त्री देउवाले गरे खिम्ती सबस्टेसनको उद्घाटन.

रामेछाप, २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं.१३ स्थित साँखे फुलासीमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेशन उद्घाटनका लागि प्रधानमन्त्री देउवा रामेछाप पुगेकका थिए । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग […]

देशकै दोस्रो न्यू खिम्ती सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप जाने

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशकै दोस्रो न्यू खिम्ती सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप जाने.

काठमाडौ, राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यू खिम्ती सबस्टेसन’ आज (शनिबार) उद्घाटन गरिँदै छ। त्यसका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा रामेछाप जाने कार्यक्रम छ। ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको […]

मेलम्ची खानेपानी आयोजनाको गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनाको गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी.

काठमाडौँ, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो । आयोजनामा रहेका संरचनाको सरसफाइ अन्तिम पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले ‘हेडवर्क’ सबै संरचना […]

विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने.

कपिलवस्तु, विप्लवले चुनावमा भाग लिने, माओनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावमा भाग लिने तयारी गरेको छ। शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावमा जाने विषयमा अधिकांश नेताहरुले सहमति जनाएका छन्। महासचिव विप्लवले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चुनाव उपयोग गर्ने नीति अनुरुप स्थानीय चुनावमा भाग लिने उल्लेख […]