रौतहट, रौतहटमा गएराति पिकअप गाडी अनियन्त्रित हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना प्रहरी घाइते भएका छन्। रौतहटको वृन्दावन नगरपालिका–६ ठूलो हर्षाहामा बुधवार राति साढे ८ बजे चपुरबाट गरुडातर्फ जाँदै गरेको बा१७च ६१६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई पानको घुम्तीमा ठोक्किएको थियो। पानको घुम्तीमा ठोक्किएपछि अनियन्त्रित गाडी ना४३प ७३२७ नम्बरको मोटरसाइकलमा ठोक्किएर अगाडि […]
मेलम्ची, गतसाउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार ९बफर ड्याम० हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो […]
काठमाडौ, बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद मोहन बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा छुटेका हुन् । जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि […]
काठमाडौ, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए । निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा […]
बुटवल, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यो चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे। ‘हामी अहिले जीवन मरणको लडाईंमा छौं। स्थानीय चुनाव र पछि हुने प्रदेश र संघको चुनाव जित्नै पर्ने छ। […]
जनकपुर, जयनगर-जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ। रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित नभएर निष्क्रिय बनेपछि उद्घाटन अन्यौलमा परेको हो। ‘अध्यादेश निष्क्रिय भएपछि रेल सेवा उद्घाटन र […]
काठमाडौं, सदाबाहर अभिनेत्री मानिने करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्दैछिन्। पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते आयोजना गर्न लागिएको एक विशेष कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्न लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ। एक साताअघि पनि अभिनेत्री मानन्धरले अध्यक्ष ओलीलाई निवासमै पुगेर भेट गरेकी थिइन्। अभिनेत्री […]
जनकपुर, नेपाल इन्जिनियर एसोसिएनको निर्वाचनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)को प्यानल नै विजयी भएको छ। कांग्रेस निकट इन्जिनियरहरूको संस्था विजयी भएको हो। डा.हरिबहादुर दर्लामीको नेतृत्वमा ३३ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्। दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह-कोषाध्यक्षमा दीपक […]
भैरहवा- हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको […]