Sajhamanch Archive

राप्रपा अध्यक्ष लिङ्देनले गरे १४ केन्द्रीय सदस्य मनोनित

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपा अध्यक्ष लिङ्देनले गरे १४ केन्द्रीय सदस्य मनोनित.

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै मनोनित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका छन् । मनोनित हुनेमा लिलादेवी श्रेष्ठ इलाम, विन्दू पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही […]

सर्वसाधारणका लागि खुला भयो भक्तपुरको रानीपोखरी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on सर्वसाधारणका लागि खुला भयो भक्तपुरको रानीपोखरी.

काठमाडौं, भक्तपुरको ऐतिहासिक रानीपोखरी ९न्हू पुखू० आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको मंगरबार उद्घाटन गरे । सो अवसरमा उनले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गरे । अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको […]

नारायणकाजी भेट्न नेत्रबिक्रम पुगे हात्तिवन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नारायणकाजी भेट्न नेत्रबिक्रम पुगे हात्तिवन.

काठमाडौं, एमसीसी पास गर्न अध्यक्ष पुस्पकमल दाहालले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेरे चन्दले भेटवार्ता गरेका हुन्। भेटमा संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रियताको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको […]

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि बस्दै छ। बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावी कार्ययोजना र विविध विषयमा छलफल हुने उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय […]

मेचीनगरद्वारा सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरद्वारा सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी.

मेचीनगर,  मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेका ७३ वटा सीमास्तम्भ हराएका छन् । नगरप्रमुख विमल आचार्य सहितको टोलीले अनुगमनका क्रममा सीमा स्तम्भ हराएको ठहर गरेको हो । मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ। सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ। सीमानामा मेची नदी रहेको छ। […]

एमसीसी अनुमोदन गरेर स्थगन भएको प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी अनुमोदन गरेर स्थगन भएको प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची.

काठमाडौ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो। आजको बैठकमा हुने कार्यक्रमको […]

एमसीसी हुबहु पारित हुनबाट रोकियो : एकीकृत समाजवादी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी हुबहु पारित हुनबाट रोकियो : एकीकृत समाजवादी.

काठमाडौं-  नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ। मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको बताएको हो। एमालेले एमसीसीलाई विवादित बनाउनेक कार्य गरेको आरोप […]

यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस (तस्बिरमा )

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस (तस्बिरमा ).

काठमाडौँ, महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो […]

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भयो : एमाले

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भयो : एमाले.

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ। एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीले यसो भनेका हुन्। अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ। यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको […]

जसपाले फागुन २९ का लागि बोलायो केन्द्रीय समिति बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसपाले फागुन २९ का लागि बोलायो केन्द्रीय समिति बैठक.

काठमाडौं– जनत समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक फागुन २८ गते बस्दै छ। संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्ने भएको छ। फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसदबाट भएको एमसीसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने संघीय परिषद् […]